वीरगञ्ज । धोबिनी गाउँपालिकाका जनप्रतिनिधिहरुले शुक्रवार बीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरि गोप्य रूपमा गरिएको परिषद् बैठक आफूहरूलाई मान्य नहुने बताए छन ।

पत्रकार सम्मेलनमा ६ जना कार्यपालिका र एक जना वडा सदस्यको उपस्थिति थियो । पत्रकार सम्मेलनमा गाउँपालिकाको कार्यपालिका सदस्यहरू दिनेश प्रसाद, नन्द किशोर साह कानु, रीना देवी, सोनावती देवी, शारदादेवी पासवान, पवन ज्योति कुमारी, वडा सदस्य मैना देवी तथा नेकपा एमालेका पारस कुर्मी, जङ्ग बहादुर कुर्मी र लोसपाका ललन प्रसाद कुर्मीको सहभागिता थियो ।
उनीहरूले गोप्य रूपमा गरिएको परिषद् खारेज गरी सम्पूर्ण जनप्रतिनिधिको सहभागितामा अर्को गाउँ परिषद् गराउन माग समेत गरे ।
गाउँपालिकाका जनप्रतिनिधिहरूले अध्यक्ष चौहान र उपाध्यक्ष मञ्जु देवी कुर्मीले वीरगञ्ज गाउँपालिका भन्दा बाहिर गोप्ग रुपमा परिषद बैठक गरेको आरोप लगाएका छन ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महमद नवाज हुसैनले भने गाउँ परिषद्का बहुमत सदस्यहरूको उपस्थितिमा परिषद्को बैठक सम्पन्न गरी नीति कार्यक्रम तथा बजेट ल्याइएको दाबी गरे । उनले भने, ‘२९ जना सदस्यमध्ये २२ जनाको उपस्थिति र सहमतिमा परिषद् असार महिना मै भएको हो ।

प्रशासकीय अधिकृत हुसैनले असार महिना मै परिषद भएको दावी गरेपनि धोबीनी गाउँपालिकाको ८औँ गाउँसभा आज शुक्रवार सम्पन्न भएको समाचार प्रकाशन भएको छ ।
असार १५ भित्रै हुनुपर्ने गाँउसभा तीन महिना ढिलो गरी आज सम्पन्न भएको समाचारमा दावी गरिएको छ । शुक्रबार आयोजित गाँउसभामा चालु आर्थिक वर्ष २०८०–८१ को नीति, कार्यक्रम तथा गाउँसभाबाट ३६ करोड ५ लाख ५५ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । तरप्रशासकीय अधिकृतले दिएको जानकारी र यो गाउँसभा सम्बन्धी समाचार भने मेल खादैन ।
तपाईको प्रतिक्रिया