logo

प्रस्तावित शिक्षा बिधयेक शिक्षकद्वारा जलाइयो, माँग पुर नभए बिद्यालय बन्दको धम्की

 इसीमाना सम्वाददाता     २०८० भदौ २९ गते ०८: ४६ मा प्रकाशित     509   पटक पढिएको

बीरगंज ।  दुई दिन अघि सदनमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षक संघ संगठनहरु आन्दोलनमा उत्रिएका छन । शिक्षक महासंघका नेताहरुले आफ्ना मागहरु विधेयकमा सम्बोधन हुने वातावरण नबनेसम्म विद्यालयको पठनपाठन ठप्प पार्ने धम्कि दिएका छन् ।

May be an image of 6 people, people smiling and temple


उनीहरुले शुक्रवार देशैभरि प्रस्तावित बिधयेकको प्रति जलाएका। पर्साका स्थानीय तहको कार्यालय अगाडि शिक्षकहरुले प्रचण्ड सरकार मूर्दावाद भन्दै बिधयेक जलाएका हुन ।

 

महासंघ स्थानीय सरकार माहतहत हुने शिक्षकको व्यवस्थापन प्रतिको प्रवन्धमा असहमती जनाएको छ । । विद्यालय तह सम्म स्थानीय सरकार मातहत हुने प्रवन्धलाई महासंघले परिर्वतन गर्नु पर्ने माँग राखेको छ ।


महासंघकी अध्यक्ष कमला तुलाधरले आन्दोलन रहर नभएर वाध्यता भएको जिकीर गरिन् ।

May be an image of 9 people, people standing, crowd and text

२०३८ सालमा १०४ दिन विद्यालय बन्द भएको ईतिहास छु उनले भनिन् सरकारले हाम्रा माग चाँडै पुरा गर्यो भने चाँडै नै सकिन्छ ढिलो गर्यो भने लम्बिन्छ, सरकारले कति चाहन्छ त्यति दिन विद्यालय बन्द हुन्छन् ।

378780630_884417726656258_2984081750452759197_n_ZXxepew1w6.jpg

यता पर्साको सदरमुकाम वीरगञ्ज महानगरपालिका , पर्सागढी नगरपालिका, बिन्दवासीनी गाउँपालिका ,पोखरिया नगरपालिका, ठोरी गाउँपालिका , छिपहरमाई गाउँ पालिकामा शिक्षकहरूले विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को प्रतिलिपि जलाएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.