logo

जगरनाथपुरमा जसपाको भेला सम्पन्न , बृहत भेलाकालागि तयारी समिति बन्यो

 इसीमाना सम्वाददाता     २०८० भदौ ३० गते १०: २२ मा प्रकाशित     1402   पटक पढिएको

बीरगंज । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य रेखा साहले मधेश आन्दोलनको कारण नेपाली कांग्रेस र नेकपा एमालेमा मधेशी नेताहरुले आवसर पाएको बताइन ।

 

पार्टीले पर्साको जगरनाथपुरमा राखेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ साहले जसपाको आन्दोलनका कारण पद र प्रतिष्ठा पाएकाहरुले जसपाको बिरोध गर्दै हिडेको देख्दा आफूलाई आश्चर्य लागेको बताइन ।

 

कार्यक्रममा पाटीृका पर्साका अध्यक्ष रामनरेश यादवले जनता समाजवादी पार्टीले मधेसी जनताको हकहितलाई जहिले पनि अग्रणी स्थान राखेर काग गरिरहेका बताएका छन ।

उनले जनताको अपेक्षालाई पुरा गर्न जनता समाजवादी पार्टीलाई बलियो बनाउन आवश्यक रहेको चर्चा गर्दै संगठनको सुदृढीकरण लाई प्रथामिकतमा राखिएको बताए ।

भेलाले आगामी शनिबार असोज ६ गते गाउँपालिका स्तरमा बृहत भेला गर्ने निर्णय गरेको छ । सोको तयारीको लागि जलेखा खातुनको अध्यक्षतामा ७ सदस्यीय तयारी समितिगठन गरेको छ ।

 

समितिमा पाठा मिया, उपेन्द्र बिन मुखिया, फद महमद मिया, चान्द देवान, समसुलहक मिया र बबिता देबि रहेको पार्टीका जिल्ला सचिव तवरेज अहमदले जानकारी दिए ।


कार्यक्रममा पार्टीका जिल्ला सचिव तबरेज अहमद, क्षेत्रीय सचीव उपेन्द्र बिन मुखिया, युवानेता सिकेन्द्र यादव, मुन्ना मिया लगायतको उपस्तिथि रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.