logo

बिकास ,सामाजिक एकता ,शान्ति र समृद्धिकालागि खेलकुदको बिकास आवश्यकः अहमद

 इसीमाना सम्वाददाता     २०८० असोज ६ गते ०६: ०० मा प्रकाशित     983   पटक पढिएको

वीरगंज । मानव जीवनको स्वास्थ्यकालागि मात्र होइन समाज र राष्ट्रको पहिचान स्थापित गर्न पनि खेलकुदको भूमिका महत्वपूर्ण रहेको नेकपा एमालेका मधेश प्रदेश कमिटीका सदस्य सलाउदिन अहमदले बताएका छन ।

 


नेपाल खेलकुद महासंघको घोवीनी पालिका स्तरीय भेलालाई समबोधद गर्दै अहमदले खेलकुद प्रतियोगितामा प्रतिस्पर्धीलाई हराउन जुन टिम स्पिरिटमा काम गरिन्छ राजनीतिमा पनि जनताको आवश्यकतालाई पुरा गर्न त्यही रणनीति अन्र्तगत काम गर्नु पर्ने बताए ।

 

उनले खेलकुद सामाजिक एकता र शान्ति निर्माणको बलियो माध्यम भएको चर्चा गर्दै खेलकुदको बिकासकालागि ठोस नीति आवश्यक रहेको बताए । उनले नेपालमा खेलकुदलाई नेकपा एमालेले बिशेष महत्व दिएको बताए ।

 


नेपालको हरेक भुभागमा खेलिने खेलहरु फुटबल, भलिबल, क्रिकेट, टेबलटेनिस, बास्केटबल बक्सिङ, कराँते आदि खेलहरु मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका मात्र नभई पहिचान र समृद्धिसँग पनि जोडिएकोले यि खेलको संरक्षण र प्रवद्र्धनमा सरकारले बिशेष जोडदिनुपर्ने अहमदको भनाई थियो ।


कार्यक्रममा खेलकुद महासंघका केन्द्रीय सचिव शिवजी गुप्ताले खेलकुद महासंघले खेल खेलाडीको हितमा काम गर्ने बताए । उनले समग्र खेलक्षेत्रको बिकास र खेलाडीको सम्मान नेकपा एमालेले मात्र गनेृ बताए ।
भेलाले

भेलाले फैयाज अहमदको अध्यक्षतामा २५ सदस्यी महासंघको पालिका समिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा धिरज साह, अजय कुमार, सुरज राम, महेश ठाकुर, कोषाध्यक्षमा अभिषेक प्रसाद पटेल, सचिव विशेश्वर पटेल, उपसचिव रामप्रवेश कुमार पटेल रहेको छन् ।

यसैगरी समितिको सदस्यमा धनु पाण्डे,सुरज कुमार राम, अकलेश साह, बिकी कुमार राम, मंजित पटेल, अजयराम पाल, सुन्दर तुरहा, रफिक अंसारी, गुल्फान अंसारी, बिकी पटेल, सनि पटेल, बिकाश कुमार साह, अनिस अंसारी,कन्हैया गुप्ता, अनिल साह, रवि कुमार पटेल, अनिल साह चयन भएको नेकोसका केन्द्रिय सचिव शिवजी गुप्ताले जानकारी दिए ।

धोबिनीमा भएको भेलामा एमालेका नेता वृजेश्वर चौधरी, कन्हैया द्विवेदी, सुनिल साह, विरेन्द्र साह, पन्नलाल पटेल, अजय पटेल लगायतको उपस्थिति थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.