logo

पर्सामा जसपाका दूई समिति बैधतामा आ आफ्नै दावी

 इसीमाना सम्वाददाता     २०८० असोज १० गते १०: १६ मा प्रकाशित     985   पटक पढिएको

बीरगंज । बिहीबार ब्ीरगंजमा सम्पन्न बैठकले जसपा पर्साको अर्को जिल्ला समिति गठन गरेको छ । बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेली नव गठित जिल्ला समितिको अध्यक्षमा चयन गरिएका छन ।

तेलीको नेतृत्वमा गठन गरेको जिल्ला समितिको उपाध्यक्षमा उपाध्यक्षमा ग्यासुदिन मियाँ, अजय चौरसिया र मिथिलेश सिंह, सचिवमा उमेशलाल सहनी, सहसचिवमा सुशील साह कानु, सुनिल कुशवाहा र नुर आलम अन्सारी, कोषाध्यक्ष प्रेमकुमारी सिंह, सदस्यमा असलम आलम, अजय सर्राफ, बैजुलाल स्वर्णकार, नेक महम्मद अन्सारी, सुनिता शर्मा, सुरज मानन्धर, खैरुदिन मियाँ र प्रतिमा सिंह रहेका छन् ।आज बनेको समिति पूर्णतया बैध रहको पार्टीको संसदीय दलका सचेतक समेत रहेका नेता प्रदीप यादवले बताएका छन ।


यसैवीच बुधवार तेलीको अध्यक्षतामा समानान्तर जिल्ला कार्यसमिति गठन भएपछि तदर्थ समितिका अध्यक्ष रहेका रामनरेश यादवले एक विज्ञप्ति जारी गरेर तेलीको अध्यक्षतामा गठित समिति अवैधानिक रहेको बताएका छन् ।

May be an image of poster, newspaper and text

जिल्ला सचिव तबरेज अहमदको समेत हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा पार्टी सङ्गठन भताभुङ्ग पार्ने, अराजक प्रवृत्ति र व्यक्तिवादी चिन्तन भएका, पटक–पटक पार्टीको नीतिनियमविरुद्धको कार्य गर्दै आएका व्यक्तिहरूको सोचमा परिवर्तन नदेखिनु पार्टीको लागि आत्मघाती भएको टिप्पणी गरेका छन् ।

पर्सामा गत निर्वाचनदेखि जिल्ला नेतृत्वको विषयलाई लिएर दुई गुटमा विभाजित नेताहरूबिच चर्को विवाद चल्दै आएकोमा बुधवार त्यसको प्रकटीकरण समानान्तर जिल्ला कार्यसमिति गठन भएको हो ।

पर्सामा जसपा भित्र जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, पूर्व मुख्यमन्त्री लालबाबु राउतलगायतका नेताहरूको एक गुट छ भने अर्को गुटको नेतृत्व प्रदीप यादवले गरिरहेका छन् । यादवको गुटमा जसपाका केन्द्रीय सदस्य समेत रहेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनार लगायत का नेताहरु रहेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.