logo

नेकपा एमालेको प्रधम मधेश अधिवेशनको मुख्य नारा र लोगो सार्वजनीक

सामाजिक न्याय र सुशासन एमालेको कार्यभार ,मधेशको स्वाभिमान र समृद्धिको लागि एमालेको सरकार

 इसीमाना सम्वाददाता     २०८० असोज ११ गते ०७: ३० मा प्रकाशित     928   पटक पढिएको

 जनकपुर । नेकपा एमाले मधेश प्रदेश कमिटीले आफनो पहिलो अधिवेशनको मुख्य नारा र लागो सार्वजनीक गरेको छ । जनकपुरमा पत्रकार सम्मेलन मार्फत लोगो र मूख्य नारा सार्वजनीक गरेको हो ।

सामाजिक न्याय र सुशासन एमालेको कार्यभार ,मधेशको स्वाभिमान र समृद्धिको लागि एमालेको सरकार भन्ने मुख्य नारा प्रथम अधिवेशनको मुख्य नारा तय गरिएको नेकपा एमालेका मधेश प्रदेशका अध्यक्ष रामवतार यादवले जानकारी दिए ।

May be an image of 9 people, signboard, banner, poster, dais, outdoors and text

पत्रकार सम्मेलनमा लोगो सार्वजनीक गर्दै गर्दै नेकपा एमालेका सचिव एवं मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराईले मधेशको आर्थिक र सामाजिक समृद्धिका लागि एमालेकै सरकार अनिवार्य रहेको बताएका छन ।


उनले एमाले नेतृत्वकै सरकारबाट मुलुक, प्रदेश र स्थानीय तहले सहजरुपमा जनताका लागि आर्थिक समृद्धि, सामाजिक न्याय र समानताको प्रत्याभूती गर्ने बताए । एमाले सचिव भट्टराईले भने, ‘गएको पाँच वर्षमा कुनै पार्टीको मुख्यमन्त्री र यो एक वर्ष अर्कै पार्टीको मुख्यमन्त्रीले के कति जनताका लागि काम गरेको छ, विकासको काम गरेको छ, जनताको सुशासन र सामाजिक न्यायका लागि काम गरेको छ, हामीले देख्यौँ, त्यही भएर अब आउने निर्वाचनमा एमालेको सरकार निश्चित छ ।’

 

उनले ०८० साल एमालेका लागि संगठन निर्माण वर्षको रुपमा रहेको बताउँदै सचिव भट्टराईले अबको एमालेको मिसन आफ्नो संघदेखि प्रदेशसम्ममा एमालेको बहुमतको सरकार हुने दावी गरे ।

May be an image of 10 people, dais, hospital and text
एमालेको मधेश प्रदेश कमिटीको प्रथम अधिवेशन यही असोज २४ देखि २५ गतेसम्म दुई दिवसीय हुने जानकारी एमाले मधेश प्रदेशका अध्यक्ष रामऔतार यादवले दिए ।

 

उनले जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा हुने प्रदेश अधिवेशनको उद्घाटन एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताए ।


उनले यस समारोहमा विभिन्न सांस्कृतिक झाकी, स्थानीय भेषभुसा, बाजागाजा र सांस्कृतिक टोलीले प्रस्तुती गर्ने बताए ।

 

अधिवेशनमा मधेश प्रदेशको ८ वटै जिल्लाबाट एक हजार प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने उनले बताए । महिला र युवालाई विशेष प्राथमिकता दिइने समेत उनले बताए ।


एमाले मधेश प्रदेशको तयारी तथा व्यवस्थापनका लागि चरणवद्धरुपमा कामहरु भइरहेको बताउँदै यसका लागि प्रचारप्रसार, प्रतिनिधि व्यवस्थापन, आर्थिक व्यवस्थापन, समिति तथा विभिन्न उपसमितिहरुसमेत गठन गरिएको छ ।

 

एमालेले मधेश प्रदेशको अधिवेशनका लागि सार्वजनिक गरिएको लोगोमा सांस्कृतिक एवं धार्मिक विविधताको सम्मान, उद्योग, कृषि, पर्यटनजस्ता क्षेत्रमा तिव्र विकासको आवश्यकतालाई उजार गरिएको एमालेले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.