logo

मधेशमा माओवादीको प्रचार भेला सम्पन्न,देवकोटाको नेतृत्वमा प्रदेश प्रचार संयन्त्रको निर्माण

 इसीमाना सम्वाददाता     २०८० असोज २१ गते ०८: ५३ मा प्रकाशित     447   पटक पढिएको

वीरगन्ज। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रचार बिभागका प्रमुख अग्नी सापकोटाले अहिले सरकारलाई असफल बनाउनका लागि भने देशी बिदेशी शक्तिहरु लागि रहेका बताएका छन । प्रेस सेन्टर पर्साले आतवार बीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सापकोटाले यस्तो बताएका हुन ।

उपाध्यक्ष सापकोटाले अहिले जनताले सरकार परिवर्तन नचाहेको भन्दै तत्काल सरकार फेरबदरको कुनै संभावना नरहेको स्पष्ट पारे । बर्तमान सत्ताको मुख्य घटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नै काँग्रेसको केन्द्रीय समितिको बैठकमा नै गठबन्धन लामो समय जाने भनेर भनिसकेकाले गठबन्धनमा कुनै समस्या नरहेको उनको तर्क थियो।

बर्तमान गठबन्धनमा कुनै दरार आउदैन भन्दै उनले एमाले र माओवादीकाबीचमा कुनै तालमेल वा एकता हुने संभावना नरहेको प्रष्ट पारे ।

कार्यक्रममा माओवादी केन्द्रका सचिव एवम् मधेश प्रदेशका इन्चार्ज लीलामणी पोखरेलले माओवादी केन्द्रको तीन महिने रुपान्तरण अभियानले मधेशमा धेरै परिवर्तन भएको दावी गरे ।

 

प्रेस सेन्टरका उपाध्यक्ष एवम् मधेश प्रदेशका इचार्ज गोबिन्द देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा, पूर्वमन्त्रीहरु अजय शंकर नायक, महेन्द्र पासवान, तीन महिने अभियानका संयोजकहरु क्षेत्र बहादुर श्रेष्ठ अनिल, प्रल्हाद बुढाथोकी, अच्युतम काफ्ले, राजु खड्का, वैकल्पिक केन्द्रीय सदस्य रामबाबु बैठा, राजन पौडेल लगायत माओवादी नेताहरुले बोलेका थिए ।

यसैबीच नेकपा माओवादी केन्द्र प्रचार तथा प्रकाशन विभाग मधेस प्रदेशले पार्टीको तीन महिने अभियानका लागि मधेस प्रदेश अभियान प्रचार प्रसार संयन्त्र गठन गरेको छ । पार्टीको अभियानलाई व्यापक प्रचार प्रसार गरी आम जनतासम्म पु¥याउन संयन्त्र गठन गरिएको हो ।

प्रचार विभाग सदस्य तथा मधेस प्रदेश प्रमुख गोविन्द देवकोटाको संयोजकत्वमा २१ सदस्यीय संयन्त्र गठन गरिएको हो । समितिको सदस्यहरुमा प्रभाकर गुप्ता, मूकेश साह, जितेन्द्र श्रीवास्त, भक्ति रिजाल, जयप्रकाश मण्डल, छेदी रजक, निरज पिठाकोटे मगर, प्रदीप गौतम, रानी साह, क्षितिज विक, निराजन साह, विनोद महतो रहेका छन् । यसैगरी जीवस मण्डल उदासी, जितेन्द्र गुप्ता, पुजन सिंह, सुजन पुडासैनी, विनिता दाहाल पनि सदस्यमा चयन गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.