logo

पार्टी अध्यक्ष ओली सहभागी हुने कार्यक्रमको तयारी भब्य ,एमाले जनशक्ति प्रर्दशनको तयारीमा, रौनीयार सहित सैयो प्रवेश गर्ने

 इसीमाना सम्वाददाता     २०८० कार्तिक ३० गते ०४: ३९ मा प्रकाशित     609   पटक पढिएको

बीरगंज । नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीको मंसीर ५ गते पर्साको पोखरियामा हुने सम्बोधन कार्यक्रमलाई भब्य बनाउनकालागि सिंगो नेकपा एमाले जनपरिचालनमा केन्द्रीत भएको छ ।

 

मंसीर ५ गते नेकपा एमाले पर्साले पार्टी प्रवेश तथा जनसभाको कार्यक्रम आयोजना गरेको छ । पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रममा जनसहभागिताकालागि पार्टीका संबै संयन्त्र र जनसंगठन परिचालनमा आफनो शक्ति केन्द्रीत गरेको छ ।

 

पार्टी अध्यक्ष सहभागी हुने कार्यक्रममा जनपरिचालनको बिषयलाई कामको प्रमुख बिषय बनाएर एमाले पंक्ति बैठक भेलामा केन्द्रीत छ । बिहिवार मात्रै पनि नेकपा एमाले पर्सा कार्यालयमा एमालेका केन्द्रीय सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी सदस्य, जिल्ला सचिवालयका सदस्य र पालीका कमिटीक अध्यक्ष उपाध्यक्षको संयुक्त बैठक सम्पन्न भएको छ ।

 

बैठकले मंसीर ५ को कार्यक्रममा जनसहभागिता जुटाउने र पार्टीमा प्रवेश गर्ने अन्यपार्टीका नेताहरुसंग सम्वाद बढाउने समझदारी बनाएको छ ।

 


त्यसैगरि पटेर्वा सुगौलीको पालिका कमिटीको बैठक पनि बिहिवार देकुलीमा सम्पन्न भएको एमालेका नेता फरमान अन्सारीले जानकारी दिए । उनका अनुसार बाजा गाजा सहित मंसीर ५ को कार्यक्रममा जनतको सहभागिता गर्ने निर्णय भएको छ ।


५ गतेको कार्यक्रममा जनसहभागिता जुटाउनकालागि पार्टीका मुख्य एजेण्डा बनाएर सबै पालिकाहरुको बैठक सम्पन्न भएको छ । नेकपा एमालले पार्टी प्रवेश कार्यक्रम मार्फत पर्सामा शक्ति प्रर्दशनको तयारीमा रहेको छ ।


कार्यक्रममालाई उद्धेश्यमुलकरुपमा पुरा गर्न एमालेका नेताहरु पोलिट ब्यूरो सदस्य अच्यूत मैनाली, सुमन प्याकुरेल, केन्द्रीय सदस्यहरु अरविन्द कुमार सिंह, प्रभू हजरा ,निर्मला देवकोटा मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव , पर्साका अध्यक्ष बिश्वम्भर शर्मा लगायतका नेता तथा कार्यकर्ताहरु अहिले फिल्डमा केन्द्रीत रहेका छन ।


मधेश आन्दोलन ताका सबै भन्दा बढी आक्रमणको तारो बनेको नेकपा एमाले अहिले मधेश आन्दोलनबाट स्थापित नेताहरुको आकर्षणको केन्द्र बन्दै गएको छ ।

 

मंसीर ५ गते पोखरियामा हुने पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हरिनारायण रौनीयारको प्रवेश हुने कुराले पनि यही संकेत गरेको छ । पार्टीको केन्द्रीय सदस्य रहेका रौनियार पूर्व सासंद हुन । मान पदवी प्रतिष्ठा पाएका रौनीयार एमालेमा प्रवेश किन गर्न तयार भए ।

देशको विकास, जनताको समृद्धि र सुखका लागि यस्तो नेतृत्व चाहिन्छ, जसमा स्पष्ट दृष्टिकोण र सापेक्ष अडान होस्, त्यस्तो के.पी.ओली भएको आफूले पाएको उनको निष्कर्ष छ ।

402562720_122100033200118943_8597776333202493071_n.jpg

साना तिना खुद्रा तर्क र तर्कनाले देश बन्दैन रौनीयारले भने नेपाली जनताको विकास र समृद्धि पाउने चाहना के.पी.ओलीको नेतृत्वमा मात्र सम्भव हुने उनको बुझाई छ ।

 

यस्तो प्रष्ट अडान र दृष्टिकोण भएको नेतृत्वलाई हामी सबैको साथ समर्थन, सहयोग र सहभागिता चाहिन्छ भन्ने निष्कर्षमा पुगेका रौनीयारको अवको राजनीतिक यात्राको बिचारधारा नेकपा एमाले बनेको हो । एमालेमा जाने तयारीमा रहेका रौनीयारमा ठिक बिचार रोज्दै छु भन्ने लागेको छ ।

 

उनले भनेका छन अन्यौलबाट मुक्त भएको छु मनमा उत्साह छ एमालेको माध्यमबाट जनसेवाको काममा आफूलाई लगाउछु । उनको बुझाई छ जनता र राष्ट्रको पक्षमा काम गर्ने दृढता एमालेका अध्यक्ष के.पी.शर्मा ओलीमा छ ।

 

कहिले मधेश कहिले पहाड कहिले दाया कहिले बायाका कुरा गरेर क्षणीक समयकालागि सत्ताको स्वाद त चाखिएला तर देशले र जनताले त्यस्ताबाट केही नपाउने बताए । उनले नेकपा एमाले र त्यसका अध्यक्ष के.पी.ओलीको नेतृत्वमा समृद्ध नेपाली र सुखी नेपालीको अभियानले सार्थकता पाउने बुझेका रौनीयारको एमाले प्रवेशले पर्साको राजनीतिमा खास अर्थ राख्ने बताइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.