logo

मंसीर ५ मा पोखरिया आउन पर्साबासीलाई एमालेको निम्तो, रौनीयार एमालेमा जाने निश्चित

 इसीमाना सम्वाददाता     २०८० मंसिर १ गते ०७: ०१ मा प्रकाशित     531   पटक पढिएको

बीरगंज । पर्साको क्षेत्र नं ३ बाट ०७४ को प्रतिनिधि सभामा तत्कालीन संघीय समाजवादी फोरम हालको जनता समाजवादी पार्टीबाट निर्वाचित पूर्व सांसद हरिनारायण रौनीयार नेकपा एमालेमा प्रवेश गर्ने भएका छन ।

 

नेकपा एमाले पर्साले शुक्रवार बीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी दिएको हो । रौनीायर संगै अन्य धेरै जना नेकपा एमालेमा प्रवेश गर्ने तयारी भएको एमाले पर्साले जनाएको छ ।

 

पार्टीले पर्साको पोखरीया नगरपालिकामा यही मंसिर ५ गते मंगलबारका दिन बृहत आम सभा तथा पार्टी प्रवेश कार्यक्रमको अयोजना नै गरेको छ

। उक्त कार्यक्रममा पार्टीका अध्यक्ष के.पी.ओलीले पार्टी प्रवेश गराउने तथा समसामयीक राजनीतिका बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पर्सा इन्जार्ज अच्यूत मैनालीले जानकारी दिए ।

५ गतेको कार्यक्रममा पर्साका २५ हजार जनताको सहभागिता रहने नेकपा एमालेले जनाएको छ । एमाले पर्साले पोखरियाको कार्यक्रममा सहभागि हुनकालागि आमपर्सावासीमा अनुरोध गरेको छ ।

 

नेकपा एमाले बर्तमान परिवेशमा के सोचिरहेको छ ? उसका धारणाहरु के हुन राष्ट्रीय राजनीतिका सन्र्दभमा एमालेको अडान के हो ? बिकास निर्माणका सन्र्दभमा नेकपा एमालेको भनाई बे छ भन्ने कुरा बुझ्न सहज हुने भएकोले आम नागरिकलाई सभामा सहभागी हुन नेकपा एमालेले अपिल गरेको हो ।

कार्यक्रममा पर्सा जिल्लाका नेकपा माओवादी केन्द्र , नेपाली काँग्रेस, जसपा, लोसपा पार्टीका केन्द्रीय तहका नेताहरुलाई पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा प्रवेश गराउने नेता मैनालीले जानकारी दिए ।

प्रवेश गर्नेमा जसपा पार्टीका नेता तथा पूर्व प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारको नाम तय भइसकेको पोलीटब्यूरो सदस्य सुमन प्याकुरेलले जानकारी दिए । प्रवेश गर्ने बाँकी नेताहरुको नाम भन्ने गोप्य राखिएको छ ।

 

पार्टीका जिल्ला संयोजक डाक्टर विशम्बर शर्माको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पत्रकारहरुले हरि नारायण रौनीयारको ब्यवसायीक कारेवार , मुद्धा र उनको सार्वजनीक छवीका बारेमा प्रश्न गरेका थिए ।


कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रभु हजरा, मधेश प्रदेश कमिटी सदस्य शम्भु गुप्ता , पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी. लामिछाने नेता तेजप्रकाश निषाद , अकलेश साह लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष श्याम बन्जाराले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.