logo

कार्यकक्षको बिवादको बिषयमा बीरगंजमा महानगरमा हानाहान

 इसीमाना सम्वाददाता     २०८० मंसिर २६ गते १४: ०८ मा प्रकाशित     585   पटक पढिएको

बीरगंज । बीरगंज महानगरपालिकामा दुई पक्षवीच हानाहान भएको छ । महानगरप्रमुख राजेशमान सिंह र उपप्रमसख इम्तियाज आलम पक्षकावीचमा हानाहान भएको हो ।

 

यस अघिका प्रमुख प्रशासकीय अधिकृतको कोठा खाली भएपछि त्यसमा को बस्ने भन्ने बिषयमा बिवाद भएको हो । महानगरप्रमुख सिंह बस्ने कार्यकक्ष भएको भवनमा माथि अर्को तल्ला थपेर उनको कार्यकक्ष माथि सारे पछि उनी बस्दै आएको कार्यकक्ष खाली भएको छ ।

 

त्यही कार्यकक्षमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष तयार भएर कार्यक्षक सरेको थियो । यसरी प्रमुख प्रशासकीय अधिकृत बस्दै आएको कार्यक्षक खाली भएको थियो ।

 

त्यो कार्यकक्षमा बीरगंज महानगरले पंजीकरण शाखा राख्ने तयारी स्वरुप तीन दिन अगाडि सामान समेत सारिएको थियो । सामान सार्दैको अवस्थामा उपप्रमुखको सचिवालयले त्यो कोठमा ताल्चा लगाएको थियो ।

 

उपप्रमुखको सचिवालयले कार्यकक्ष सारिएको बारेमा आफूहरुलाई जानकारी नभएको भन्दै ताल्चा लगाएको स्रोतले जनायो । प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठामा ताल्चा लगाएर आफ्नो सचिवालय बनाउने तयारी उपमेयरको सचिवालयले गरेको थियो ।


त्यही ताल्चा खोल्न केही वडाध्यक्षको टोली सहितले आज प्रयास गरेपछि दोहोरो हाना हान भएको प्रत्यक्षदर्शीले बताएका छन । दोहोरो हानाहान भएपछि सुरक्षा ब्यवस्था मिलाउन प्रहरी परिचालन गरिएको छ ।

 

पर्साका डिएसपी कुमार बिक्रम थापाको कमाण्डमा महानगरपरिसरमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । प्रहरीका अनुसार महानगरको अवस्था अहिले शान्त रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.