logo

पहाडका समस्या र समस्या समाधानको उपायको बारेमा पार्टीले अनेक ज्ञान प्राप्त गरेको छः एमाले अध्यक्ष ओली

 इसीमाना सम्वाददाता     २०८० मंसिर २७ गते ०५: १२ मा प्रकाशित     569   पटक पढिएको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काम गर्ने इच्छा शक्ति हुने हो भने धेरै काम गर्न सकिने बताएका छन ।

झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत भोजपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नाकाबन्दी, भूकम्प र कोभिड महामारीको बेलामा पनि नेकपा एमालेले धेरै काम गरेको बताए ।

नेकपा एमाले सरकारबाट हटेपछि भूकम्प पछिको पुनर्निर्माणका सबै काम रोकिएको अवस्थामा पुनः नेकपा एमाले सरकारमा गएपछि सबै पुनर्निर्माणका काम गरेको उनले स्मरण गराए । यस बाहेक विद्युत्, खानेपानी, सडक, पुल, सिँचाई रेल, पूर्वाधार, अनेक खालका विकास नेकपा एमालेले गरेको ओलीले बताउनुभयो । ‘हाम्रो समयमा धेरै कामहरू भए, विरोधीहरू आत्तिए’, उनले भने ।

एमालेको काम देखेर विरोधीहरूले लगातार मुख छाडेका ओलीले बताए । तिनै शक्ति एमाले भित्र समेत घुसेर पार्टी फुटाउने काम गरेको ओलीको भनाइ छ । अनेक जाल झेल गरेर, बहुमतको सरकार ढालेर, अदालतको सहारा लिएर समय नै तोकेर दक्षिणपन्थीको हातमा सत्ता जिम्मा लगाउने काम भएको उनले बताए ।

एमालेलाई केही समयको लागि सत्ताबाट हटाएको भए पनि फेरी जनताको बहुमत सहित एमाले सरकारमा पुग्ने ओलीले दाबी गरे । नेकपा एमाले गठबन्धन खोजेर हिँड्न झञ्झट नगर्ने तर कोही राष्ट्रिय शक्ति बन्न आउँछौँ भन्छन् भने हात मिलाएर अघि बढ्ने उहाँले प्रष्ट पारे ।

सबै सिद्धाउन खोज्दा पनि कसैले सिद्ध्याउन नसकेर नेकपा एमाले पहिलो राष्ट्रिय शक्ति बनेर आएको उनले दाबी गरे । तर यतिले पनि नपुगेको भन्दै ओलीले नेकपा एमालेको लागि एकल बहुमत आवश्यक रहेको प्रष्ट पारे ।

जनताका कुरा सुन्न र जनतासँग प्रत्यक्ष भेटघाट गर्न नेकपा एमाले जनताको बिचमा आएको उनले बताए । समस्या के छन् र समाधान कसरी हुन्छ भन्ने सुझाव लिई योजना बनाउन समृद्धिको लागि संकल्प यात्रा आयोजना गरिएको ओलीको भनाइ छ ।

ओलीले यो अभियानले नेकपा एमालेले जनताका समस्या र समाधानका उपायको विषयमा विद्यावारिधि प्राप्त गरेको बताए । यसले पहाडका समस्या र समस्या समाधानको उपायको बारेमा पार्टीले अनेक ज्ञान प्राप्त गरेको उहाँले प्रष्ट पारे ।

यो ज्ञान र सिपलाई व्यवहारिक प्रयोगमा ल्याउन २०८४ मा नेकपा एमालेको एकल बहुमतको सरकार बन्नु पर्ने ओलीले बताए । अब पार्टी, पार्टीका कार्यकर्ता र नेपाली जनताले कुनै पनि गल्ती गर्न नहुने उनले स्ष्ट पारे । अब पनि गल्ती भयो भने देशको अस्तित्व नै संकटमा पर्न सक्ने उनले बताए ।


मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटमबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.