logo

रौतहटमा १६ दिनमा हत्याका ४ घटना,निष्पक्ष छानवीन गरि दोषीलाई कारावही गर्न अध्यक्ष खड्काको माँग

      8/31/2020 गते 00 00 मा प्रकाशित     1021   पटक पढिएको

रौतहट जिल्लामा पछिल्लो समय हत्या हिंसाका श्रृंखलाहरु बढेका प्रति संघीय संसद   विकास तथा प्रविधि समितिका अध्यक्ष कल्याणी खडकाले चासो देखाउनु भएको छ ।

 

उहाँले आपराधिक घट्नाहरुको निष्पक्ष छानविन र छिटो छरितो अनुसन्धान गरि दोषीलाई कानुनी कठघरामा ल्याएर कडा भन्दा कडा सजाय दिलाउने वातावरण निर्माण गर्न नेपाल सरकार, गृह मन्त्रालयको गम्भिर ध्यानाकर्षण होस भन्नु भएको छ । 

 


एक प्रेस नोट जारी गर्दै अध्यक्ष खडकाले  प्रतिदिन हत्या हिंसाका घट्ना बढिरहँदा नागरिकमा त्रासको वातावरण सृजना भएको छ ।

 

त्यसमा पनि शान्ति सुरक्षाको जिम्मेवारी लिएको प्रहरी प्रशासनकै हिरासतमा यातनाका कारण नागरिक मारिनु र अन्य घट्नाका हत्यारा पत्ता लगाउन पनि नसक्दा नागरिकमा थप सन्त्रास बढेको उहाँले उल्लेख गर्नु भएको छ ।

 

अध्यक्ष खड्काले निरन्तर बढिरहेको हत्या श्रृंखला र सुरक्षा संयन्त्रको कमजोर अनुसन्धान प्रति गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयको गम्भिर ध्यानाकर्षण गराउन चाहान्छु भन्नु भएको छ ।  

रौतहटमा  विगत १६ दिनको अवधीमा ४ जना नागरिकको विभत्स हत्या भएको  छ ।


साउन ३१ गते गरुडा नगरपालिकाका  दलित युवा निरञ्जन रामको जातीय विभेदका कारण घाँटी रेटेर हत्या भएको थियो भने भदौ ३ गते नै  माधवनारायण नगरपालिका २ खेसरहियामा हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भयो । 


निरन्जन रामको हत्याबारे अनुसन्धान गर्न भन्दै प्रहरीले हिरासतमा लिएका अर्का दलित युवा विजय रामको प्रहरी हिरासतमै यातनाका कारण ज्यान गएको थियो । 

 


त्यस्तै, आइतबार पुनः गढीमाई नगरपालिका ३ लक्ष्मीपुरकी ४० वर्षीया मिन्त्रा देवी बैठाको हत्या भएको छ । १६ दिनमा हत्या गरिएका ४ जनामध्ये ३ जना दलित समुदायका नागरिक छन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.