logo

नागरिक रक्षाको पहलकदमी लिन प्रदेश सरकार असफल,संचार ऐनको अवज्ञा गर्ने पत्रकार महासंघको निर्णय 

      9/6/2020 गते 00 00 मा प्रकाशित     1009   पटक पढिएको

प्रदेश २ सरकारले जारी गरेको प्रदेश संचार ऐन २०७७ लाई नेपाल पत्रकार महासंघ  प्रदेश समिति २ ले  अवज्ञा गर्ने निर्णय गरेको छ ।

 

प्रदेश सरकारले ल्याएको संचार ऐनले आमसंचार माध्यम र श्रमजीवी पत्रकारको हित र संरक्षणको बिषयमा प्रवन्ध गरिएको सरकारीदावी सत्य नभएको भन्दै नेपाल पत्रकार महासंघले संचार ऐनको अवज्ञा गर्ने निर्णय गरिएको नेपाल पत्रकार महासंघ प्रदेश २ ले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । 


नेपाल पत्रकार महासंघ प्रदेश समितिको शनिवार महोत्तरीको बर्दिवासमा सम्पन्न बैठकले संचार ऐन बदनियतपूर्ण रुपमा आएको डहर गरेको छ । 


प्रदेश सरकारले चोरबाटोबाट संचार ल्याएको नेपाल पत्रकार महासंघले गम्भिर आरोप लगाएको छ । सरकारले संसदीय परम्परा पद्धती र बिधयकलाई कानूनको रुपमा परिपक्व बनाउने कार्यबिधिसबैलाई स्थागन गरेर कोरोना महामारीको संकटको बेलामा चोर बाटोबाट प्रदेश सभाबाट पारित गरेको महासंघले जनाएको छ ।

 

बिधयक प्रदेश सभा भित्र रहेको संसदीय समितिमा समेत छलफल नगरिएको संसद सचिवालयले समेत जनाएको छ । 


कोरोना काइरसको संक्रमणको प्रमुख केन्द्र बनेको प्रदेश २ मा नागरिकको जीवन रक्षा गर्ने र नागरिकको सूचना पाउने अधिकारलाई प्रचलनमा ल्याउन अहोरात्र फ्रन्टलाईनमा खटने पत्रकारहरुको निम्ति निर्वाह गर्नु पर्ने दायित्व निर्वाह गर्न सरकार असफल भएको नेपाल पत्रकार महासंघले निष्कर्ष निकालेको प्रदेश अध्यक्ष दीपेन्द्र चौहानले बताउनु भयो । उहाँले भन्नु भयो “सरकार नागरिकको जीवन रक्षाकोलागि पहलकदमी लिन असफल भयो ” । 


बैठकले सागठानीक जीवनका केही महत्वपूर्ण निर्णय गर्दै सबै शाखाहरुलाई भदौ मसान्त सम्ममा सदस्यताको नविकरण सक्न र नयाँ सदस्यताको सिफारिश गर्न निर्देशीत गरेको छ । 

 

बैठकले प्रदेशका  बिभिन्न जिल्लामा रहेर काठमाण्डौबाट प्रकाशन प्रशारण हुने संचार संस्थाका सम्वाददाताका रुपमा कार्यरत पत्रकारहरुको ढेड वर्षदेखीको पारिश्रमीक उपलब्ध नगराएको र कोरोना संकटको यो बेलामा समाचार प्रकाशन नगरेर घुमाउरो पारामा कामबाट निकाल्न खोजिएका घटनाहरु देखिएकोले त्यस्त संचार माध्यमलाई श्रमजीवी पत्रकारको काम सुनिश्चितता र तत्काल पारिश्रमीक उपलब्ध गराउन बैठकले माँग गरेको महासचिव किरण कर्णले बताउनु भयो ।

 

 प्रदेश समितिमा त्यस्ता पत्रकारहरुको उजुरी समेत परेको छ । श्रमजीवी पत्रकारको गास खोस्ने र श्रम गरेको पारिश्रमीक नदिने त्यस्ता संचार संस्थाकाका बिरुद्ध प्रदेश २ बाट आन्दोलन गर्ने अवस्था बन्दै गएको महासंघका उपाध्यक्ष के.सी.लामिछानेले बताउनु भयो । आन्दोलन हाम्रो रहर हुदैन त्यसलाई आवश्यकता नवनाईदिन सबै संचारगृहहरुलाई नेपाल पत्रकार महासंघ प्रदेश २ को आग्रह लामिछानेले भन्नु भयो  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.