logo

अस्पतालको छानविन समिति प्रति अबिश्वास गर्दै बीरगंजमा मृतकका आफन्तजनद्वारा प्रर्दशन

      9/10/2020 गते 00 00 मा प्रकाशित     1152   पटक पढिएको

बाराको कोल्हवी नगरपालिका ४ सपहीका २३ वर्षीय विक्रम चौधरीको उपचार अभावमा मृत्यु भएको भन्दै आफन्तजनले अवाज उठाएपछि अस्पतालले निर्माण गरेको छानविन समिति प्रति अश्विास गर्दै बीरगंजमा मृतकका आफन्तजनले प्रर्दशन गरेका छन । 

भदौं २१ गते आइतबार दिउँसो अस्पताल भर्ना भएका चौधरीले उपचार नपाउँदा ज्यान गएको आफन्तजनले दावी गरेका छन् । छाति र श्वासप्रश्वासको समस्या देखिएपछि चौधरीलाई २१ गते दिउँसो अस्पताल पु¥याइएको थियो । चौधरीको मृत्यु पछि आफन्तजनले छानविनको माँग गरेर आन्दोलन गरिरहेका छन ।

 

यसैवीच अस्पतालले घट्ना बारे अनुसन्धान गर्न डा.  राम पुकार साहको संयोजकत्वमा अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसिया डा. सरोज कुमार सिंह सदस्य रहेको समिति बनाएको थियो । तीन दिन भित्र रिपोर्ट दिने समयसीमा निर्धारण गरेर बनाइएको समितिले आज प्रतिवेदन बुझाउने छ । 

 


मृतकका आफन्तजनले यही समिति प्रति बिश्वास नरहेको भन्दै भदौ २५ गते बीरगंजमा प्रर्दशन गरेका हुन  । मृतक चौधरीका आफन्तले अस्पताल भित्र प्रदर्शन गरेका थिए ।


 घट्ना बारे अनुसन्धान गर्न अस्पतालले गठन गरेको छानविन समिति मान्य नहुने उनीहरुले बताउँदै आएका छन् । उनीहरुले परिवारका सदस्य, विज्ञ चिकित्सक  सहितको  छानविन समिति गठन गर्न समेत माग गरेका छन् । बिक्रमका दाजु अनिल चौधरीले भने चुप लागेर बस्दा न्याय नपाउने स्थिति देखिएपछि सरोकारवालाको ध्यानाकर्षण गराएको बताउनु भयो  ।

 

उहाँले आफनो भाइको ज्यान गएको बिषयलाई चुप लागेर सहेर बस्न सक्ने अवस्था नरहेको बताउनु भयो । त्यसैले आफन्त र शुभचिन्तकहरुमार्फत सरोकारवालाको ध्यानाकर्षण गराएका हौं उहाँले भन्नु भयो । 

त्यसैगरी उनीहरुले अस्पतालको सीसीटीभी फुटेज हेरेर अनुसन्धान गर्नुपर्ने र छानवीनमा ढिलासुस्ती गर्न नहुने माग राखेका छन् । मृतकका आफन्तजनले अस्पतालले दोषीलाई बचाउने षडयन्त्र गरेको आरोपसमेत लगाएका छन् । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.