logo

मुख्यमंत्रीलाई बिश्वासको मत नदिने सत्तासाझेदार दलहरुको तयारी अप्ठयारेमा मधेश सरकार

 इसीमाना सम्वाददाता     २०८० माघ २८ गते ०४: १४ मा प्रकाशित     505   पटक पढिएको

जनकपुर । मधेश प्रदेश सरकारका मुखिया सरोज यादवले जति जति बिश्वासको मत लिने समय घर्किदै गएको छ त्यती त्यती सत्ता साझेदार दलहरुमा बिश्वासको मत दिन नहुने आवाज बलियो हुदै छ ।

 

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले समर्थन फिर्ता लिएर सरकार डेसँगै जनता समाजवादी पार्टी नेतृत्वको सरकार यतिबेला दबाबमा परेको छ ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । जसअनुसार मधेसका मुख्यमन्त्री सरोज यादवले फागुन ९ गतेभित्र विश्वासको मत लिइसक्नु पर्ने हो ।

 

तर अहिलेसम्म मुख्यमन्त्री यादवले विश्वासको मत लिने समय निर्धारण भएको छैन । मुख्यमत्री यादवलाई बिश्वासको मत नदिन सत्तासाझेदार दलहरुले नै वतावरण बनाउदै छन । सत्ता साझेदार नेपाली कांग्रेसले आलोपालोको विषय नटुङ्गिएसम्म विश्वासको मत नदिने भन्दै आइरहेको छ ।

 

गत वैशाखमा बारा–२ मा उपचुनावको क्रममा कांग्रेस र जसपाबिच एक वर्षपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको दावी गर्दै कांग्रेसले मुख्यमंत्री आफूले पाउनु पर्ने बताएको छ ।

 

सत्ता साझेदार माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीले पनि आलोपालोको कुरा उठाएर मुख्यमंत्री यादवलाई अप्ठयारोमा पारेका छन । मुख्यमंत्री यादवलाई प्रतिपक्षमा बसेर सर्मथन दिदै आएको नेकपा एमालेले भने बिश्वासको मत नदिने प्रष्ट पारेको छ ।

 

पार्टीका मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले आफ्नो दलले सरकारप्रतिको गरेको समर्थन फिर्ता लिने तयारी गरिरहेको प्रष्ट पारेका छन ।

प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी मधेस प्रदेशसभामा १०७ सिट छ । मधेस प्रदेश सभामा पहिलो पार्टी बनेको एमालेको २३ सिट छ भने दोस्रो दल कांग्रेसको २२, तेस्रो दल जसपाको १९ सिट (स्वतन्त्र सासद अनिरुद्र सिंह जसपामा प्रवेश), चौथो दल जनमतको १३ सिट, पाँचौँ दल लोसपाको नौ सिट, छैटौँ दल माओवादी केन्द्रको आठ, सातौँ दल नेकपा एकीकृत समाजवादीको सात सिट छ । ३ जना स्वतन्त्र सांसदसहित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको एक–एक सिट छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.