logo

सम्बिधान अपुरो छ सशोधन  परिमार्जनहुनु पर्छः प्रदेश सभा सदस्य गिरी

      9/19/2020 गते 00 00 मा प्रकाशित     1125   पटक पढिएको

जसपाका नेता तथा पर्सा क्षेत्र नं ३ को खाका प्रदेश सभाका सदस्य प्रहलाद गिरीले नेपालको सम्बिधान २०७३ लाई मधेशका नागरिकले स्वामित्व नलिएको बताउनु भएको छ ।

 

सम्बिधान जारी हुदै गर्दा मधेशमा मान्छेको लाश ढल्दै गरेको स्मरण गर्दै नेता गिरीले सम्बिधान बिभेदपूर्ण छ शहिदको सपना सकार भएको छैन । उहाले अपुरो रेहको सम्बिधानमा संशोधन आवश्यक रहेको र आफनो पार्टीले त्यो लडाई जारी राखीरहेको बताउनु भयो ।

 

उहाँले देशको मुल कानूनको रुपमा रहेको सम्बिधनलाई सबै क्षेत्रका नागरिकले स्वामित्व लिनसक्ने गरि संशोधन परिमार्जन गर्न आवश्यक रहेको बताउनु भयो । पकाहा मैनपुर गाउँपालिकामा रहेको शहीद शत्रुघ्न पटेलको स्मृतिमा आयोजना गरिएको कार्यक्रममा नेता गिरीले शहीदको शालीमा अविर टिका गाउने तर उनीहरुको योगदानको कदर नगर्ने प्रवृति बढदै गएकोमा चिन्ता ब्यक्त गर्नु भयो ।

 

गत वर्ष प्रदेश सरकारका तर्फबाट शहीद पटेलेको नाममा पार्क निर्माणकालागि ५० लाख रुपैया निकासा भएपनि गाउँपालिकाले काम नगार्नले त्यो रकम फ्रिज भएको थियो । पटेल पार्क बनाउन जाँगर नचलाउने गाउँपालिका अध्यक्षलाई आज कार्यक्रममा अतिथि आश्न ग्रहण गराइएपनि मन्तब्य भने राख्न नदिएको बताइएको छ । 

कार्यक्रममा प्रदेश सभा सदस्य करिमा बेगम, बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगी,, पकहा मैनपुर गा पा का अध्यक्ष बिजय चौरसिया, उपाध्यक्ष कुशुमी देवी, जसपा पर्सा अध्यक्ष रामनरेश यदव,राजेशमान सिंह , शशीकपुर मिया,अधिवक्ता सुरेन्द्र कुर्मी,  सल्लाउद्धिन अहमद लगायतको उपस्थिति रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.