logo

पटेलको सम्झनामा स्मृति सभा , अध्यक्षको घरमा खसीको मासु सहितको भोज निलम्वीत साँसदको सहभागिता

      9/19/2020 गते 00 00 मा प्रकाशित     1624   पटक पढिएको

२००७२ असोज ३ गतेका दिन मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी हुदै यियो । संविधान प्रति असहमती राख्दै मधेशमा जनबिद्रोह चल्दै थियो ।

 

असोज ३ मा संबिधान जारी हुदै गर्दा  आफना माँग राखेर संबिधानका बिरुद्धको संर्घषको मोर्चा मजवुत बनाइदै थियो । बीरगंजमा कफ्र्यू आदेश थियो । आन्दोलनको आव्हान गर्ने नेताहरु सुरक्षीत थिए । जनताले सडकमा बिद्रोहको नेतृत्व सम्हाले । कर्फ्र्यू अवज्ञा गरे ।

 

कर्फ्र्यू घोषणाका बाबजुदर अशोक बाटिका क्षेत्रबबाट आन्दोलकारीहरु बीरगंजको मुख्य सडकमा प्रर्दशनमा आउन थाले । नेतृत्वको अत्तोपत्तो छैन ।

 

जनता आफनै बेगमा  माइस्थान आई पुग्दा नपुग्दै प्रहरीको गोली चल्यो । गीता मन्दीर रोडमा एक जना नौजवान शत्रुघ्न पटेलको शरीर सडकमा ढल्यो । उहाँले शहादत प्राप्त गर्नु भयो ।

 

यो  ३असोज  २०७३ को नदन  थियो  । जुन दिन नेपालमा संघीय गणतन्त्र  नेपालको संबिधान जारी भएको थियो । त्यही दिन बेलुका मधेश बाहेकको भूगोलमा दीपावली भयो  मधेशमा ब्लल्याक आउट गरियो । संबिधान प्रति बिमतीराखेर सत्ता र सडकको सघर्ष अहिले पनि जारी छ । 

 

संविधान जारी भएको दिन प्रहरीको गोलीबाट ज्यान गुमाएका सत्रुघ्न पटेलको पाँचौं स्मृतिमा आज एउटा कार्यक्रमको आयोजना गरियो । यो कार्यक्रम पछि अर्को पनि कार्यक्रम भयो । पहिलो कार्यक्रममा शहीद प्रति सम्मान प्रकट गरियो । शहीदको सपना पुरा भएको छैन लडाई जारी छ भनियो । शहीदको योगदानको चर्चा गरियो । 


कार्यक्रम सकियो केही नेताहरु आफनो ठाउ तिर लागे केही नेताहरु खजा नास्ताको तयारी भएको तिर लागे ।  पकाहा मैनपुर गाउँपालिका अध्यक्ष भूतपूर्व शिक्षक समेत हुन  ।

 

उनले खसी काटेर खाजा खाने प्रवन्ध मिलाएका थिए । त्यहा खाजा खाने ठाउमा जसपाका अन्य नेता त पुगेनन । प्रतिनिधिसभाका  निलम्वीत साँसद हरिनारायण रौनीयार पुगे र खसीको मासु सहित ब्यवस्था गरिएको धोजन  ग्रहण गरे । 


शहीद शत्रुघ्न  पटेलकी माता पकाह मैनपुर गाउँपलिकाको उपाध्यक्ष कुश्मी देवीलेले आाफनो पहलमा  खिर पुरीको ब्यस्था गर्नुृ भएको थियो । नेताहरुलार्इृ आमन्त्रण गरे पनि कोही गएनन । उहाँले गुनासो समेत गर्र्नु भयो नेताहरुल ेयो हद सम्म्को अपमान गर्नुहोला भन्ने सोचेको थिइन उहाँले भन्नु भयो  । 


पार्टीको कतिपय नेताहरु कुनै प्रकारको खाजा नखाई फर्किनु भयो  तर रौनीयार चौरसियाले आयोजना गरेको खाना  खाने ठाउमा जानु   भयो जाहा खसीको मासु सहितको भोज थियो ।

 

तर निलम्बित  सांसद रौनीयारले आफूले मासहार नगरेको बताउनु भयो । उहाँले दाल भात र घिरौलाको तरकारी खाएको बताएउनु भयो । खसी काटिएको थियो थिएन मलाई थाहा भएन तर मैले भेज खाना खाएको हो  उहाँले स्पष्ट पार्नु भयो । उहाँले कार्यक्रम स्थलमा फ्रूटी खाएको र बिजय चौरसियाको घरमा खाना खाएको बताउनु भयो । हामी केही बिजय चौरसियाको घरम गयौ केही सूर्जाहा जानु भयो ।

 

 

यो बेलामा एकैठाउमा भेला हुनु भन्दा पनि बाडिनु आवश्यक भएकोले त्यसो गरिएको निलम्वित साँसद रौनीारले बताउनु भयो । 


तर सोही पार्टीका एक जना सासदले गाउँपालिका  अध्यक्ष चौरसिायको घरमा खसीको मासु सहितको पकवानको ब्यवस्था गरिएको र रौनीयार त्यसमा सहभागि भएको दावी गर्नु भयो ।

 

उहाँले भन्नु भयो मधेश आन्दोलनमा सहभागी भएको भएपो शहादतको मर्म र कर्मका बारेमा थाहा हुन्थ्यो ? पैसाको भरमा नेता बन्नेहरुले शहीदको योगदानको अवमूल्यन गर्दै आइरहेको तथ्य रहेको  उहाँले दावी गनुृ भयो । 


०७३ असोज ३ गते गीता मन्दीर रोडमा शहादत प्राप्त पटेलको जन्म स्थल पकहामैनपूर चौकमा रहेको उनको शालिकमा जनता समाजवादीका नेताहरुले आज मल्यअर्पण गरे र सभाको आयोजना पनि गरे । नेताहरुले पटेललाई श्रद्धाञ्जली अर्पण गर्दै अहिले पनि सहिदको सपना पुरा नभएको बताए ।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै  सांसद् लक्ष्मणलाल कर्णले मधेसी जनताले अधिकार प्राप्त नगरेसम्म संविधान मान्य नहुने बताउनु भयो  । उनले मधेस अन्दोलनको क्रममा सयौँले सहादत प्राप्त गरेको भन्दै हक अधिकार प्राप्तीको लागि अहिले पनि हजारौँ जनताले आफ्नो ज्यानको आहुति दिन तयार रहेको बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.