logo

सुशासन र विकास के हो भन्ने कुरा जनताको बिचमा देखाउन चाहन्छौँः महासचिव पोख्रेल

 इसीमाना सम्वाददाता     २०८० चैत १ गते ०७: ४२ मा प्रकाशित     439   पटक पढिएको

बीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ सत्ता गठबन्धन देशमा विकास र सुशासन दिन बनेको बताएका छन छ ।


बिहीबार वीरगञ्जमा आयोजित नेकपा एमालेको पर्साको प्रथम प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नागरिकमा छाएको निराशा चिर्न नयाँ गठबन्धन बनाइएको बताएका हुन । अब निराशालाई तोड्नु पर्छ भनेर नेकपा एमाले लागेको उनले प्रष्ट पारे ।

 

‘सुशासन र विकास के हो भन्ने कुरा अब जनताको वीचमा आफूहरुले देखाउने बताए । महासचिव पोखरेलले आर्थिक सामाजिक विकासका दृष्टिले मधेस जुन हिसाबले अघि बढ्नु पर्ने हो त्यस अनुसार अघि बढ्न नसकेको बताए । महासचिव पोखरेलले क्षेत्रीयतावादले मधेसी जनताको हित गर्न नसक्ने बताए ।

 

मधेसवादको राजनीति गर्नेहरू पनि अब राष्ट्रिय राजनीतिमा जोडिने प्रयत्नमा रहेका उनले टिप्पणी गरे । तर उनीहरूको कारण मधेसको समय बरबाद भएको पोखरेलको भनाई थियो ।


अहिले पनि मधेसको राजनीतिलाई क्षेत्रीयता तर्फ नै होम्ने प्रयास भइरहेको चर्चा गर्दै महासचिव पोख्रेलले त्यसले समग्र मधेसको हित गर्न नसक्ने प्रष्ट पारे ।


एमालेलाई मधेस विरोधी हो भन्ने कुप्रचार गर्ने प्रयत्न गरिएको भए पनि त्यो सफल हुन नसकेको पोखरेलले बताए । नेकपा एमालेको नेतृत्वमा सरकार बनेपछि मधेसले पहिलो पटक परिवर्तनको अनुभूति गर्न पाएको उनको भनाइ छ ।

 

मधेस परिवर्तनको श्रेय कसैलाई जान्छ भने त्यो नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीलाई जाने उनको धारणा छ ।
नेपाली जनताको स्वाभिमान जगाउने नेताको रूपमा एमाले अध्यक्ष केपी शर्मा ओली भएको उनले बताए ।

 

छिमेकीको आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने एक मात्र नेता केपी ओली भएको उनले दावी गरे ।


कांग्रेस र मधेस केन्द्रित दलका नेता पटक पटक मन्त्री बन्दा पनि मधेसको विकासमा काम नगरेको उनले बताए । कपा एमाले भएको उहाँले दाबी गर्नुभयो । ‘मधेसका जनताको पीडामा सबैभन्दा संवेदनशील नेकपा एमाले छ भन्ने कुरा हामीले प्रमाणित गरेर देखाएका छौँ’, पोखरेलले भने ।


नेपालको सबैभन्दा ठुलो सिँचाइ परियोजनाको कामको रूपमा सुनकोसी–मरिण डाइभर्सनको काम भइरहेको उनले जानकारी दिए । यसबाट नेपालको तराई–मधेस कृषिको नमुना क्षेत्रको रूपमा विकास हुने उनले प्रष्ट पारे ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव एवं मधेशका इन्चार्ज योगेश भट्टराई, नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्ता,प्रभू हजरा, निर्मला देवकोटा, पार्टीका मधेश प्रदेशका अध्यक्ष चन्देश्वर मण्डल, उपाध्यक्ष बिचारी यादव लगायतका नेताले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।


कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्यहरु पुरुषोत्तम पौडेल,अच्यूत मैनाली केन्द्रीय सदस्य सरोज यादव, प्रदेश सचिव मनोज पौडेल, उपसचिव आरती भण्डारी प्रदेश सदस्यहरु जयप्रकाश थारु ,बीरेन्द्र यादव, सलाउदिन अहमद, पर्सागढीका नगरप्रमुख गोकर्ण पाठक, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव बीरगंज महानगरका पूर्व प्रुमुख बिजय कुमार सरावगी लगायतका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन एमालेका युवा नेता मनोज गुप्ता र स्वागत मन्तब्य जिल्ला सदस्य शिव गुप्ताले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.