logo

बारा एमालेको अध्यक्षमा पौडेल खेमाका पाण्डे निर्वाचित

 इसीमाना सम्वाददाता     २०८० चैत २४ गते १४: ११ मा प्रकाशित     547   पटक पढिएको

वीरगञ्ज । नेकपा एमाले बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डे निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मतदानमा पाण्डे ३ सय ७७ मत प्राप्त गरि बिजयी भएका हुन । निकटतम प्रतिद्वण्दी टिना सुवेदीले भने ३ सय ४३ मत प्राप्त गरिन ।

अन्य पदमा टिना सुवेदीको प्यानलमा रहेका सबैले जीत निकाल्दा अध्यक्षमा सुवेदी ३४ मत अन्तरले हार्नु परेको हो ।

 

पाण्डेलाई पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेल, प्रदेश सचिव मनोज पौडेल, प्रदेशसभा सदस्य रविन्द्रदास श्रेष्ठ लगायतको समर्थन रहेको थियो । सुवेदीलाई एमालेका अर्का पोलिटब्यूरो सदस्य अच्युत मैनाली, बलबीर चौधरी, ज्वाला साह लगायतको समर्थन रहेको थियो ।

 

उपाध्यक्षमा भुलन चौधरी निर्वाचित भएका छन् । उनँले ३६४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नारायण गौतमले ३४० मत ल्याएका छन् । सचिवमा अमृत बजगाँईले ३६३ मत ल्याएर विजयी भएका छन् । बजगाँई एमाले पोलिटब्यूरो सदस्य तथा वर्तमान कृषि मन्त्री ज्वाला साहका श्रीमान हुन् । उनका अर्का प्रतिस्पर्धी महम्मद समिउल्लाहले ३२७ मत पाए ।

 

त्यस्तै उपसचिवमा ३ सय ५७ मत ल्याएर जवाहिर अन्सारी विजयी हुँदा अर्का प्रतिस्पर्धी धनिराम चौधरीले ३ सय ४१ मत मात्रै पाएका छन् ।अन्सारी भने सुवेदीको टिमबाट निकाल्न सफल भएपनि उनी पौडेल निकट मानिन्छन ।

महिला उपसचिवमा ३६८ मत सहित भावना आचार्य (लक्ष्मी) निर्वाचित भएकी छिन् । उनका प्रतिस्पर्धी कमला घिमिरेले ३ सय २५ मत पाएकी थिईन् । नयाँ नेतृत्वका लागि सहमतिको प्रयास गरिएपनि सफल हुन नसकेपछि मतदान प्रक्रियामा गएर निर्णय लिनु परेको बताइएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.