logo

“पडोसीके साथ आँख मे आँख मिलाके बात करना होगा” एमाले बरिष्ठ उपाध्यक्ष पोख्रेल

 इसीमाना सम्वाददाता     २०८१ बैशाख १७ गते ०६: ४० मा प्रकाशित     499   पटक पढिएको

वीरगन्ज । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले राष्ट्रको स्वाधिनता र स्वतन्त्रताको बिषयमा आँखामा आँखा जुधाएर कुरा राख्न सक्नुपर्ने बताए ।

नेकपा एमाले पर्साको नवौं जिल्ला अधिवेशन सोमवार बीरगंजमा उदघाटन गर्दै एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘छिमेकी देश भारत र चीनसँग नेपाल र नेपाली जनताको सरोकारका विषयमा आँखामा आँखा मिलाएर बोल्न सक्नुपर्छ ।

वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासको छेउमै रहेको लालबंगला मैदानमा आयोजनीत कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व रक्षामन्त्री समेत रहेका बरिष्ठ उपाध्यक्ष पोखरेलले अली जोड दिदै भने पडोसीके साथ आँख मे आँख मिलाके बात करना होगा ।

’उनले देशभित्र आन्तरिक एकता सुदृढ पार्दै छिमेकीहरुसंग आफनो स्वाधिनता र हितकोलागि के.पी.ओलीले डटेर कुरा राखेको स्मरण गरेका । के.पी.ओलीको नेतृत्वमा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूभाग भएकोकुरा सार्वभौम संसदले बहुमतले अनुमोदन गरेको चर्चा गर्दै बरिष्ठ नेता पोख्रेलले अब दुवैदेशसँग राष्ट्रिय सरोकारका विषयमा खुलेर कुरा राख्न सक्नुपर्ने बताए ।

एमालेको अबको एजेण्डा आर्थिक विकास र समृद्धि नै रहेको बताए । उनले उद्योगको विकासद्वारा रोजगारीको सृजना गरी विदेश पलाएन भएका युवा जनशक्तिलाई देशमै रोक्नुपर्ने बेला आएको बताए । उनले नेकपा एमालेले अब प्रधानमन्त्री बन्ने र बनाउने मात्रै नभई देशलाई आर्थिक रुपाम सम्पन्न नागरिकलाई सुखी बनाउनका लागि एजेण्डा अगाडि बढाएको बताए ।

 नेकपा एमाले पर्साका संयोजक डा.विश्वम्भर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सचिव तथा मधेस प्रदेश इञ्चार्ज योगेश भट्टराई, पोलिटब्यूरो सदस्य तथा बारा क्षेत्र नम्बर १ का सांसद अच्युत मैनाली, केन्द्रीय सदस्यहरु लिलानाथ श्रेष्ठ, जुली साह, राजकुमार गुप्ता, प्रभु हजरा लगायत केन्द्र, जिल्ला र स्थानीय तहका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

पार्टीको नयाँ नेतृत्व चयन प्रकृया भोली हुने बन्दसत्रपछि शुरु हुने एमाले पर्साले जनाएको छ । बन्दसत्र भोली क्लासिक बंक्वेटमा हुनेछ । बन्दसत्रपछि नेतृत्व चयनका लागि निर्वाचन प्रकृया शुरु हुनेछ ।

सर्वसम्मत नेतृत्व चयनको प्रयास पनि हुने एमालेका एक नेताले बताएका छन । पर्साको पार्टी नेतृत्व लिनकालागि डा. बिश्वम्भर शर्मा,जयप्रकाश थारु,शिव पटेलको आकांक्षी देखिएका छन ।

जालिम मियाको नाम समेत अध्यक्षमा चर्चामा ल्याइएको छ । प्यानल बनाएर चुनाव मै जाने तयारी पनि छ । डा. शार्माको नेतृत्वमा उपाध्यक्षमा मनोज गुप्ता सचिवमा शिवजी गुप्ता अर्को तर्फ जय प्रकाश थारुको नेतृत्वमा उपाध्यक्षमा शिव पटेल सचिवमा नवराज शर्माको नामपनि चर्चामा आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.