logo

एमाले पर्साकाे अध्यक्षमा डा.शर्मा निरबिराेध निर्वाचित

 ईसिमाना सम्वाददाता     २०८१ बैशाख २० गते ०९: ३५ मा प्रकाशित     595   पटक पढिएको

बिरगंज ।नेकपा एमाले पर्साकाे नवौ जिल्ला अधिवेशनबाट विश्वम्भर शर्मा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।अध्यक्ष पदमा परेको अन्य दुई जनाको उम्मेदवारी फिर्ता भएपछि शर्मा निर्विरोध निर्वाचित भएका हुन् ।

 

अध्यक्ष पदमा शर्मासहित कुनाल महतो थारु र हनिफ मिँयासमेतले उम्मेदवारी दिएका थिए । अन्तिममा थारु र मियाँले मनोनयन पत्र फिर्ता लिएपछि शर्मा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।
अन्य पदहरुका लागि भने शुक्रबार (भोली) निर्वाचन हुने कार्यतालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ । निर्वाचन समितिका अनुसार सहमति हुन नसकेको पदमा भोली निर्वाचन हुनेछ । अध्यक्ष पदबाहेक अधिकंश पदमा निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।

 सचिवमा नवराज शर्मा र महेश दासको उम्मेदवारी परेको छ । यसैगरी उपसचिवमा रामकिशोर सिंह, इमरान हुसेन र नविजान मियाँको उम्मेलदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।

त्यसैगरी लेखा समिति अध्यक्षमा पनि निर्वाचन हुने भएको छ । सन्तोष सिंह र शिवजी गुप्ताबीच प्रतिस्पर्धा भइरहेको निर्वाचन समितिले जनायाे ।लेखा समितिको उपाध्यक्ष पदमा गोविन्द प्रताप श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.