logo

जसपा परित्याग गरि दर्जनौ ब्यक्तिहरु नेकपमा प्रवेश

      10/10/2020 गते 00 00 मा प्रकाशित     1099   पटक पढिएको

बीरगंज महानगरपालिका वडा नं २३ का जनता समाजवादी पार्टीमा आवद्ध नेता तथा कार्यकर्ताहरुले सो पार्टी परित्याग गरि शनिवार नेकपामा प्रवेश गरेका छन ।

 

पार्टीको जिल्ला कार्यालय मनमोहन नगर रामगढवामा आयोजीत पार्टी प्रवेश कार्यक्रममा पार्टीका नेताहरुले नवप्रवेशीहरुलाई अविर टिका लगाएर पार्टीमा स्वागत गर्नु भएको थियो । 


जसपा परित्याग गरी सलाउदिन अंसारी,सदिक अंसारी,कमरोदा अंसारी,हसमोदिन अंसारी ,ग्यासुदिन अंसारी,सफरोज अंसारी ,नबुलाह अंसारी, ईरफान अंसारी,ईमरान अंसारी, मनिफ अंसारी, नुरसेद अंसारी, खुरसेद अंसारी,अफजल अंसारी,नेक महमद लगायत सयौं नेता कार्यकर्ताहरु पार्टी प्रवेश गरेको नेकपा पर्साका अध्यक्ष  प्रभू हजराले जानकारी दिनु भयो  ।

पार्टी प्रवेश कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामचन्द्र साह,निर्मला देवकोटा, सम्बिधान सभाका सदस्य राजकुमार गुप्ता पार्टीका जिल्ला सचिव बिजय महतो लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

 

नव प्रवेशीहरुले जनताको हित ुख र मुलुकको समृद्धि नेकपाको नेतृत्वमा मात्र सम्भव भएको बुझेर आफूहरुले जसपा परित्याग गरेको बताएका थिए । बढीजसो युवाहरुको प्रवेशले नेकपालाई उत्साहित बनाएको नेताहरुले भनाई छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.