logo

नेकपा पार्टी एकताका काम पुरा गर्दै, सखुवा प्रसौनी गाउँपालिका कमिटीले पूर्णता पायो

      10/12/2020 गते 00 00 मा प्रकाशित     1015   पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टीको सखुवा प्रसौनी गाउँपालिकाको पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरुले सोमवार एक कार्यक्रमकावीच पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका छन । 

 


सखुवा प्रसौनी गाउँपालिकाको वडा नं १ सिद्धपुरमा आयोजना गरिएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य निर्मला देवकोटाले पदाधिकारी तथा सदस्यहरलाई शपथ ग्रहण गराउनु भएको हो ।

 

नेकपा एमाले र एनेकपा माओवादी वीच पार्टी एकता भएपछि तल्ला कमिटीहरुको एकता प्रक्रिया अझै बाँकी छ ।पार्टीका तल्ला कमिटीहरुको एकता नसकिएकोले आधारभूत रुपमा पार्टीको काम हुन सकिरहेको थिएन ।

 

यस्तो बेलामा पालिका स्तरीय कमिटीले काम गर्न थालेपछि पार्टीको वडा स्तरका कमिटी र जनसंगठनहरु पनि एकिकृत हुने बाटो खुलेको छ । शपथ ग्रहण समारोमा आफनो मन्तब्य ब्यक्त गर्दै केन्द्रीय सदस्य देवकोटाले  पार्टीलाई जनस्तरमा स्थापित गर्नकालागि सिंगो पार्टी पंक्रिलाई क्रियाशिल बनाउन पालिकाको नेतृत्वमा रहनेहरुलाई आग्रह गर्नु भयो ।

 

पार्टीलाई जनतासंग जोडनकालागि काम गर्न आवश्यक रहेको चर्चा गर्दै उहाँले मुलुकमा के.पी.ओलीको नेतृत्वमा रहेको सरकारले सुखी नेपाली र समृद्ध नेपालको नारालाई साकार रुप दिने चर्चा गर्नु भयो । पार्टी अध्यक्षले लिनु भएको संकल्पनै नेपाली जनताको बिकास र प्रगतीको सुत्र भएको बताउदै उहाँले सबैखालका असमनताको अन्त्य र न्यायपूर्ण समाजको निर्माण कम्युनिष्टले बाहेक अरुले गर्न नसक्ने ठोकुवा गर्नु भयो । 


कार्यक्रममा नेकपाका प्रदेश सदस्य तेजप्रकाश निषाध सम्बिधान सभाका सदस्य जुनेद अन्सारी , राजकुमार गुप्ता  प्रदुम्न चौहान, पार्टीका पर्सा अध्यक्ष प्रभू हजरा लगायतका नेताहरुले पालिकाका पदाधिकारीलाई बधाई ज्ञापन गरेका थिए । 


गाउँपालिका अध्यक्ष बासुदेव महतोको अध्यक्षतामा भएको कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिका कमिटीका ५१ जना सदस्यहरुलाई शपथ ग्रहण गराइएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.