logo

सरवागीले एमालेसंगको यात्रामा लगाए पूर्ण बिराम, बुझाए राजीनामा

 इसीमाना सम्वाददाता     २०८१ बैशाख २८ गते ०१: १८ मा प्रकाशित     566   पटक पढिएको

बीरगज । बीरगंज महानगरपालिकाका पूर्व मेयर बिजय कुमार सरावगीले नेकपा एमाले परित्याग गरेका छन ।

 

नेकपा एमाले पर्साको हालै सम्पन्न अधिवेशन पछि उनी एमाले परित्याग गर्ने निचोडमा पुगेका हुन । अधिवेशनमा उनी समेत सहभागी भएको समुहले नराम्रो पराजयको सामना गर्नु परेको थियो । सरावगीले पहिल देखी नै सक्रिय भूमिका माँग गरिराखेका थिए ।

 

गौर नगरपालिकाको मेयरमा पराजीत अजय गुप्ताले पार्टीमा केन्द्रीय सदस्यको जिम्मेवारी पाएको उदाहरण देखाउदै महानगरको मेयर भएको मान्छेलाई जिम्मेवारी नदिइएको भन्दै असन्तोष ब्यक्त गर्दै आएका थिए ।

 

तर उनले आश्वासन पाए पनि जिम्मेवारी नपाएकोले एमाले परित्याग गर्नु परेको बताएका छन । उनले पार्टीलाई दिएको राजीनामामा पार्टीले बीरगंज महानगर प्रमुखको उम्मेदवार बनाएको प्रति आभार प्रकट गरेका छन ।

 

उनले पार्टी अध्यक्ष के.पी.ओली र पार्टी प्रति ऋणी रहने उल्लेख गरेका छन ।

 

पार्टीले उनलाई सल्लाहकारको जिम्मेवारी दिएको थियो । उनले त्यही जिम्मेवारीले आफूलाई निष्क्रिय बनाएको उल्लेख गरेका छन ।

 

उनले एमालेको साधारण सदस्यताबाट समेत राजीनामा दिदै राजीनमा स्वीकृतिकोलागि अपिल गरेका छन । उनले राजीनामा पार्टी केन्द्रीय अध्यक्षलाई सम्बोधन गरेर लेखाका छन ।

 

राजनीतिभन्दा उद्योग व्यवसायमै आफू सक्रिय हुने पनि उनले बताए । ’हामीजस्ता थुप्रै व्यक्तिलाई पार्टीमा ल्याइन्छ तर कुनै भूमिका दिइन्न,’ उनले भने । २०७८ फागुनमा वीरगन्जको मेयर रहेकै बेला सरावगी जनता समाजवादी पार्टी त्यागेर एमाले प्रवेश गरेका थिए । 

 

२०७४ सालको स्थानीय निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । २०७९ को स्थानीय निर्वाचनमा भने एमालेबाट मेयर उम्मेदवार बनेका सरावगी जसपाका राजेशमान सिंहसँग पराजित भएका थिए । सिंहसँग उनी करिब २२ हजार मतको अन्तरले पराजित भएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.