logo

बहुदरमाईका नागरिकलाई निशुल्क रगत उपलब्ध गराइनेछः नगरप्रमुख साह

      10/15/2020 गते 00 00 मा प्रकाशित     1066   पटक पढिएको

बहुदरमाई नगरपालिकाले नगरपालिका भित्रका नागरिकलाई निशुल्क रगत उपलब्ध गराउने भएको छ । नेपाल रेडक्रस सोसाइटी रामनगरि उपशाखाको अधिवशेनको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै बहुदरमाई नगरपाकिलाका प्रमुख नितेन्द्र साहले यस्तो घोषणा गर्नु भएको हो । 


उहाँले रगतको अभावमा कसैले समस्या भोग्नु नपर्ने र त्यसको सम्पूर्ण ब्यवस्थापन नगरपालिकाले गर्ने बताउनु भयो । उहाँले रगत उपलब्ध गराउदा लाग्ने सम्पूर्ण रकम नगरपालिकाले भूक्तान गर्ने स्पष्ट पार्नु भयो । 


उहाँले रामनगरी लगायत नगरपालिका भित्र रहेका रेडक्रसका उपशाखाहरुलाई पनि स्तारोउननतीकोलागि सहयोग उपलब्ध गराउने आश्वासन दिनु भयो । 


उहाँले  विपद् व्यवस्थापनका लागि कोष खडा गर्ने र रेडक्रस उपशाखाको समन्वयमा विपद् व्यवस्थापनका कार्यहरु गर्ने समेत घषणा गर्नु भयो ।

 

अधिवेशनले उपशाखाको नयाँ समिति समेत निर्माण गरेको छ । समितको सभापतिमा  हरिन्द्र प्रसाद ,उपसभापति  सुष्मा पाठक , सचिवमा जयनरेश साह ,उपसचिवमा राघेश्याम राम  ,कोषाध्यक्षमा केशवराज पंडित ,उपकोषाध्यमा गिता गोसाई रहनु भएको छ ।

 

त्यस्तैगरि समितिको सदस्यहरुमा  वृज किशोर पटेल, राजेश प्रसाद, कृष्ण प्रसाद पडिंत, सिकेन्द्र प्रसाद र  बविता देवी राय रहनु भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.