logo

जिराभवानी र ठोरीमा नेकपाको शपथग्रहण सम्पन्न,बिधी र पद्धतीको बर्खिलाप गर्नेलाई दण्डीत गरिने चेतावनी

      10/16/2020 गते 00 00 मा प्रकाशित     1351   पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य निर्मला देवकोटाले स्थानीय पार्टी कमिटीहरुलाई तल्लो तहको पार्टी र जनसंगठनको एकताको काम सक्न निर्देशन दिनु भएको छ ।

 

आज पर्साको ठोरी र जिराभवानी गाउँपालिका कमिटीका   पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेता देवकोटाले आन्दोलन, नेपाली जनताको चाहना र मुलुकको ऐतिहासिक आवश्यकताका आधारमा मुलुकका दुई ठुला कम्युनिष्टपार्टीको  एकता भएको चर्चा गर्दै यो एकता नेपालको कम्युनिष्ट आन्दोलनको मुल प्रवाहको रुपमा रहेको बताउनु भयो ।

 

उहाँले एकताका बाँकी कामहरु सकेर सिंगो पार्टीपंक्ति जनताको सुख दःखमा सामेल हुन जरुरी रहेको बताउनु भयो । उहाँले स्थानीय सरकारलाई जनताको हितमा परिचालन गर्न पार्टीले जितेको ठाउमा  प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने र हारेको ठाउमा रचानात्मक काम गर्न आवश्यक रहेको बताउनु भयो ।

 

 
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रभू हजराले पार्टीको प्रदेश कमिटीले गरेको निर्णय कार्यान्वयनमा पार्टीले काम गरेको चर्चा गर्दै पार्टीको निर्णय भन्दा बारिहका गतिविधि पाटीकालागि सहय नभएको बताउनु भयो । उहाँले पार्टीका केही नेताहरुको कारण पर्साको पार्टी बिगत लामो समयदेखी अनिर्णयको बन्दी बनेको बताउनु भयो ।

 

उहाँले  अव पार्टीले त्यो अवस्थाको अन्त्य गरेको बताउनु भयो । उहाँले पार्टीको हित बिपरित जाने कोहीलाई पनि नछाडिने चेतावनी दिनु भयो ।  ब्यक्तिका स्वार्थका कारण पार्टीलाई समस्यामा पर्ने प्रवृतिलाई अन्त्य गर्न  कार्यकर्ताले पनि खवरदारी गर्नु पर्ने उहाँले बताउनु भयो । 


पर्सामा पार्टीका स्थानीय तहमा पार्टीले तय गरेको एकताको मापदण्डको आधारमा शपथ ग्रहण गराइएको उहाँले बताउनु भयो । मापदण्ड बनाएर भएको  निर्णयलाई आफूहरु कार्यान्वयनमा लागेको उहाँले बताउनु भयो । पार्टीले पर्सामा, पार्टीको स्थानीय तहमा एकताको मापदण्ड बनाउदा जुन पार्टीले स्थानीय तहमा बढी मत हासिल गरेको छ त्यो पार्टीले अध्यक्ष पाउने मापदण्ड तय भएको थियो ।

 

तर पर्सा जिल्लामा स्थानीय कमिटीको नामावली सिफारिश गर्नकालागि बनेको कार्यदलले पार्टीको यो मापदण्ड बिपरित सिफारिश गरेको थियो ।  पूर्व एमालेको तर्फबाट रामचन्द्र साह र प्रभू हजरा  र पूर्व ए .माओवादीको तर्फबाट छोटेलाल यादव र बिजय महतो रहेको कार्यदल बनेको थियो । कार्यदलले पार्टीले बनाएको मापदण्ड बिपरित केही नेतालाई टार्गेट गरेर उनीहरुलाई तुजुक देखाईदिने पूर्वाग्रहले प्रेरित भएर  मापदण्ड बिपरितको पार्टी एकताको नामावली प्रदेश कमिटीलाई पेश गरेको थियो ।

 

कार्यदलले ठोरीमा माओवादीले चुनाव जितेकोमा कार्यदलले एमालेको अध्यक्ष सिफारिश गर्यो । जिराभवानीमा एमालले जितेकोमा माओवादीको नाम अध्यक्षमा सिफारिश गर्यो । बहुदरमाईमा एमालले बढी भोट ल्याएकोमा माओवादीलाई अध्यक्षमा सिफारिश गर्यो ।

 

छिपहरमाई गाउपालिकमा एक जना नेताले ठेक्का नपाएको बिषयमा निकालिएको बिवाद हो । तर कार्यदलले गरेको सिफारिश मापदण्ड बिपरित रहेको भन्दै प्रदेश कमिटीले कार्यदलको सिफारिशलाई मान्यता नदिएर आफैले कमिटी निर्माण गरिदिएको हो । 

 


पार्टीका पर्सा पर्सा इन्चार्ज र सचिव बिजय महतोले प्रदेश कमिटीको निर्णयलाई बिवादीत बनाएर स्थानीय तहमा  पार्टी एकताको कामलाई हुन नदिएको पार्टीका अध्यक्ष प्रभू हजराले आरोप लगाउनु भयो । 


सुवर्णपुरमा आयोजीत आजको कार्यक्रमलाई सम्बोधन गर्दै सम्बिधान सभाका सदस्य पार्टी नेता राजकुमार गुप्ताले पार्टी बिधि र पद्धतीबाट चल्नु पर्छ भनेर वकालत गर्नेहरुले पार्टी निर्णयको अवज्ञा गरेको बताउनु भयो । उहाँले तल्लो कमिटी माथिल्लो कमिटीको मातहत हुन्छ भन्दै प्रशिक्षण दिदै हिडने नेताहरुले माथिल्लो कमिटीको निर्णयको बर्खिलाप कार्यक्रम गर्दै हिडेको देख्दा आफूलाई आश्चर्य लागेको बताउनु भयो ।

 

उहाँले  संगठनात्मक सिद्धान्तामा के परिर्वतन भयो की प्रशिक्षण दिदै हिडने नेताहरु बिधि र पद्धती भन्दा बाहिर जानु भएको हो ? भन्ने प्रतिप्रश्न गर्दै अव उमेर पनि पाको हुदै जादा बालापन देखिएको पो हो की भन्नु भयो ।  बिधि र पद्धतीलाई पालनागरिनु पर्छ  उहाँले भन्नु भयो “ अराजकतापूर्ण गतिविधि गर्दै हिडनेहरुलाई पार्टीले दण्डीत गरेर पार्टी भित्र अनुशासनको अवस्था बहाल गर्नु आवश्यक छ ” । 


कार्यक्रममा ठोरी गाउँपालिका अध्यक्ष खगेन्द्र श्रेष्ठ , सचिव प्रताप श्रेष्ठ सहित ३६ जना र जिराभवानाीका अध्यक्ष शशीकपुर थारु सहित २७ जनालाई पार्टीका अध्यक्ष प्रभू हजराले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो । 


कार्यक्रममा समिबधान सभाका सदस्य जयप्रकाश थारु ,प्रदुम्न चौहान, पार्टीका प्रदेश कमिटीका सदस्य बाबुरा कौशीक, घनश्याम महत तेजप्रकाश निषाध, पार्टीको बीरगंज महानगर कमिटीका सचिव डा.बिश्वम्भर शर्मा,जगरनाथपुर गाउँपािलकाका अध्यक्ष जालीम मिया , छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता , जिराभवानी गाउँपालिकाका अध्यक्ष रामप्रित थारु ,पार्टीका जिल्ला सदस्य बालकृष्ण श्रेष्ठ नेपाल पत्रकार महासंघका पर्सा अध्यक्ष श्याम बन्जारा लगायतका नेताहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । 


खगेन्द्र श्रेष्ठ र शशी कपुर थारुको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन ठोरी गाउँपालिका कमिटीका सचिव प्रताप श्रेष्ठले संचालन गर्नु भएको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.