logo

छिपहरमाई र धोवीनीमा नेकपाको शपथग्रहण सम्पन्न

      10/18/2020 गते 00 00 मा प्रकाशित     1278   पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टी को धोबिनी र छिपहरमाई गाउँपालिका कमिटीको संयुक्त आयोजनामा सपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ ।


पर्साको धोबिनी गाउँपालिका वार्ड नम्बर ५ जगरनाथपुरमा आयोजी कार्यक्रम पार्टीकी केन्द्रीय सदस्य एवम् पुर्वमन्त्री उर्मिला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेकपा पर्साका अध्यक्ष प्रभु हजाराले दुबै पालिकाकाका ५१र५१ जना गरी १ सय २ जना पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।


सपथ ग्रहण पश्चात बोल्दै प्रमुख अर्यालले पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढ्नुको विकल्प नरहेको बताउनु भयो  । उनले पार्टीभित्र रहेका सामान्य कमिकमजोरीहरुलाई सच्याएर अघि बढ्नु जोड दिनु भएको थियो  ।

सपथ ग्रहण कार्यक्रममा पार्टीकी सांसद् शेख चाँदतारा, जिल्ला अध्यक्ष प्रभु हजारा, प्रदेश कमिटीका सदस्यहरु बाबुराम कौशिक, प्रदेश सदस्य रामबाबु बैठा, प्रदेश सदस्य योगेन्द्र साह कानु, संविधान सभा सदस्यहरु जयप्रकाश थारु, राजकुमार गुप्ता, जुनैद अन्सारी, पुर्व सभासद रामेश्वर रामजगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता, नेकपाका जिल्ला सदस्य बलिराम साह ,लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा नेकपा छिपहरमाई गाउँपालिका कमिटीका अध्यक्ष प्रह्लाद गुप्ता, धोबिनी गाउँपालिका कमिटीका अध्यक्ष मजिद मियाँको अध्यक्षतामा कायृक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संचालन बीरेन्द्र साहले गर्नु भएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.