logo

यौनीक अल्पसंख्यक समुदायको सवाल स्थानीय सरकारले उठाउनु पर्छः बम

      10/19/2020 गते 00 00 मा प्रकाशित     1266   पटक पढिएको

सहयात्री समाजले आज सरोकारवालको समन्वय बैठक तथा दशैको शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । ब्रहमचोक स्थित समाजको कार्यालयको सभाकक्षमा भएको बैठकमा समाजका पर्साका कार्यक्रम संयोजक समता बमले समाजले गर्दै आएको क्रियाकलापको बारेमा प्रकाश पार्नु भएको थियो ।

 

उहाँले मानव अधिकारका दृष्टिले पनि अधिकार बिहिन अवस्थामा रहेको यौनीक अल्पसंख्यक समुदायको पक्षमा आवाज उठाईदिन उहाँले सरोकारवालासंग अपिल गर्नु भयो ।

 

उहाँले स्थानीय सरकारले  बनाउने बजेटमा लैगिंक समावेशीताको कुरा उठेपनि आफनो समुदायकाकालागि कुनै कार्यक्रम नसमेटिएको भन्दै उहााले गुनसो गनुृ भयो ।

 

उहाँले आफनो समुदाय घर परिवार र समाज हुदै सरकारबाट समेत उपेक्षामा परेको चर्चा गर्दै मानवताको ब्यवहार गर्न समेत आग्रह गर्नु भयो । उहाँले रोजगारको अभावमा यौन ब्यवसायमा लाग्नु पर्ने अवस्थाको अन्त्यकोलागि स्थानीय सरकारले जिम्मेवारी लिनु पर्ने बमको भनाई थियो ।

 

उहाँले पेट पाल्ने नाममा यौन सवच्छन्दतामा पनि ठिक नहुने र सहयात्री समाज त्यसको पक्षमा नरहेको बताउदै खुला यौन अपिल गर्ने र त्यस्तो काममा लाग्ने जो कोहीको बिपक्षमा समाज रहेको र त्यसतालाई कारवाही गरिनु पर्न ेआफनो धारणा रहेको बताउनु भयो ।
 कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रवन्धक बसरुदिन अन्सारीले  तेस्रो लिंगी समुदायमा इमान्दारीत र केयर गर्ने सीप रहेको चर्चा गर्दै आफनो शिक्षण अस्पतालमा उनीहरुको योग्यता अनुसारको जागीर दिने प्रतिवद्धता जानउनु भयो । उहाँले दश पन्ध्र जना  मान्छेलाई जागिर दिने बताउनु भयो । 


कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरमा प्रहरी नीरिक्षक दीपक साहले आफू आइसके पछि ३९ जनालाई नियन्त्रणमा लिएर दण्डीत गरेता पनि उनीहरु फर्किएर यौन पेशामा लागेको बताउनु भयो । उहाँले समाजले पहलकदमी लिएपछि मात्र यस्तो समस्याको हल निस्किने बताउनु भयो । 


कार्यक्रममा नेपाल बीरगंज महानगरपालिका वडा नं ८ का वडाध्यक्ष राजकिशोर गुप्ताले स्थानीय सरकारले तेश्रोलिंगी समुदायलाई सघाउन तयार रहेको बताउनु भयो । उहाँले समाजको परम्परा मान्यता  र संस्कृतिको सम्मानको वतावरण बनाउन समेत तेश्रो लिंगी समुदायलाई सुझाव दिनु भयो । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष शत्रुघ्न नेपाल , नेपाल रेडक्रस सोसाइटी पर्साका उदय शर्मा इन्सेक पर्साका प्रतिनिधि के.सी.लामिछाने बीरगंज हेल्थ केयरकी मेट्रोन भूमिका अधिकारी लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.