logo

नागरिकको न्याय र अधिकारको रक्षा गर्न नसक्ने राज्य बेकार होः पूर्वमंत्री पौडेल

      11/2/2020 गते 00 00 मा प्रकाशित     1259   पटक पढिएको

नेकपाका नेता तथा पूर्वमंत्री पुरुषोत्तम पौडेलले राजीतिको  पहिलो शर्त हो न्याय भएको बताउनु भएको छ । उपभोक्ता हित संरक्षण मंच कलैया उपमहानगर कमिटीले आयोजना गरेको शुभ कामना कार्यक्रमलाइृ सम्बोधन गर्दै पूर्व मंत्री पौडेलले न्याय दिन नसक्ने राजनीतिको अर्थ नहुने समेत बताउनु भयो ।

 

जनताको न्यायको रक्षा गर्नु राज्यको पहिलो शर्त हो जनताको अधिकारको रक्षा गर्न यदि  सक्दैन भने नागरिकको  सुरक्षा गर्न  सक्दैन भने त्यो राज्य बेकार हो भन्नु भयो ।

 

उहाँले देशको संविधानले तीन तहको सरकार बनाएको स्मरण गर्दै  संविधानले उपभोक्ता अधिकारको संरक्षणको जिम्मेवारी पनि तिनै तहको सरकारलाई दिएको बताउनु भयो ।


स्थानीय सरकारले उपभोक्ता हितको संरक्षण गर्ने काम गराएको छ कि छैन ।त्यस बिषयमा कानुन बनाएको छ  कि छैन यदि बनाएको छैन भने त्यो राज्य तपाईको अधिकार प्रती , जीवन प्रति , भबिस्य प्रती खेलवाड गरिरहेको नेता पौडेलले प्रष्ट पार्नु भयो ।


प्रदेश न.२ सरकारले त्यस्तो कानुन बनायो की बनाएन । हाम्रो प्रतिनिधित्व गर्ने सरकार हो, त्यो सरकार हामी जनताको उपभोक्ताको अधिकार प्रति सचेत छ कि छैन भन्ने कुरा आज ३ बर्ष भइ सक्यो त्यो सरकार बनेको तपाईं हाम्रो हितमा त्यसले काम गर्दैन भने त्यो नालायक सरकार हो, त्यसले हामिहरुको हित गर्दैन ।

 


नेपालीहरुको महान चाडपर्व वडा दसैं , सुभ दिपावली , सम्बत ११४० भिन्तुना तथा छठ पर्वको उपलक्ष्यमा उपभोक्ता हित संरक्षण मञ्च नेपाल कलैया उपमहानगर कमिटीको आयोजनामा आयोजित उपभोक्ता सचेतना तथा चियापान र सुभ कामना आदान प्रदान कार्यक्रमका  नेता पौडेलले उपभोक्ता हितको कुरा हाम्रो राजनैतिक एजन्डा पनि रहेको बताउनु भयो  ।

 

हाम्रो अधिकार सङ्ग गासिएको बिषय भनेको उपभोक्ता हित पनि हो।यो कुनै एक व्यक्तिको नर्भइ समग्र राज्यको एजेन्डा रहेको उहाँको भनाई थियो ।

 


 उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष अजय अधिकारीले छोटो समयमा मञ्चले बारा जिल्ला कलैया उपमहानगर पालिका बजारमा प्रभाव पार्न सफल भएको दाबी गर्नु भएको थियो । मञ्चले कलैया उपमहानगर सङ्ग सहकार्य गरेर उपभोक्ता ऐन पास गरेको जानकारी दिनु भयो ।

 

उहाँले  उपभोक्ता निमावली पनि बनाउन जानकारी दिदै  कलैया बजारलाई व्यवस्थित गर्न चाहे वस्तु होस वा सेवा क्षेत्रमा त्यो बजारलाई व्यवस्थित गर्न ऐनले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयो।


उहाँले बिल बिजक लिने र दिने बानी बसाल्दैनौ तबसम्म हामी हरेक पाईलामा  उपभोक्ता ठगीने अवस्था रहने बताउनु भयो । 
उपभोक्ता हित संरक्षण मञ्च नेपाल कलैया उपमहानगर कमिटी अध्यक्ष नरेश मोदकको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य जयराम बराल ,नेकपाका केन्द्रिय सदस्य दिनेश राई उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय बासु खतिवडा , प्रदेश न.२ का अध्यक्ष के.सी. लामिछाने , बीरगंज महनगर कमिटी अध्यक्ष अजित कुमार भुजेल , बाराका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल ,  नेकपाका नेता ईशवर  ढकाल , बारा जिल्लाका पुर्व सभापति छठु यादव , खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय पर्साका कार्यालय प्रमुख बिक्की राउत ,  , जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण पङेनी , विभिन्न राजनैतिक दलका प्रतिनिधि , उपभोक्ता कर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण उपभोक्ता हित संरक्षण मञ्च कलैया उपमहानगर कमिटीका सल्लाहकार अरुण खनालले गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.