logo

ठोरी गाउँपालिकाको ११औं गाउँसभा सम्पन्न, राजनीतिक दलहरुले खुलेर गरे प्रशंसा

 इसीमाना सम्बाददाता      २०८१ असार १० गते १५: ०८ मा प्रकाशित     712   पटक पढिएको

बीरगंज । ठोरी गाउँपालिकाको ११ औं गाउँसभा आज सम्पन्न भएको छ । ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठको अध्यक्षता र पर्सा जिल्ला समन्वय समिति सदस्य सुशिला बिकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ठोरीका राजनीतिक दलका अगुवाहरुले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।


शुभकामना मन्तव्यका क्रममा नेपाली कांग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठले ११ औं गाउँसभामा राजनीति दलका प्रतिनिधिहरुलाई आमान्त्रित गरेर लोकतान्त्रिक अभ्यास सुरुवात गरेको भन्दै गाउँपालिकाको प्रशंसा गरेका थिए ।

सवै विकासहरुको मेरुदण्ड शिक्षा नै भएकोले ठोरीको समृद्विकोलागि शिक्षा सुधार अनिवार्य सर्त भएको धारणा ब्यक्त गरे । उनले हालको ठोरी शिक्षा ऐन खारेज गरेर लोकतान्त्रिक तथा अधिकार सम्पन्न बिद्यालय ब्यवस्थापन समितिको प्रबन्ध सहितको नयॅा शिक्षा ऐन ल्याउन माग गरे।

May be an image of 6 people, dais and text

शिक्षालाई नीति र विधीले संचालन गर्न समेत पालिकालाई अनुरोध गरे । नेकपा एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठले गाउॅसभाको सफलताको लागी कामना गर्दै ठोरीको समृद्विको लागी नीति तथा कार्यक्रम र बजेटले खानेपानी, शिक्षा, स्वास्थ्थ, खेलकुद, रोजगारमुलक, नदी नियन्त्रणमा आदिमा विशेष जोड दिनुपर्ने बताए । उनले राजनीतिक दलका प्रतिनिधिले दिएको सुझाव पनि ज्यादै सकरात्मक भएकोले ठोरी गाउॅपालिकाले आत्मसाथ गरेर अगाडी बढ्नु पर्ने धारणा ब्यक्त गरे ।

 

उनले ठोरीको बिकासकालागि पर्यटन पूर्वाधारमा ध्यान दिनु पर्ने सुझाव दिए । उनले ठोरीलाई पर्यटककालागि आकर्षणको केन्द्र बनाउन नीतिगत ब्यवस्थापनको खाँचो रहेको औल्याए ।
नेकपा माओबादी केन्द्र ठोरीका उपाध्यक्ष रोशन सुनुवारले सबै राजनीतिक दलसंग सहकार्य गर्दै अघि बढ्न खेजेकोमा गाउँपालिका अध्यक्षलाई धन्यवाद ब्यक्त गर्दै बिकास निर्माणमा पार्टी भन्दा पनि ठोरीबासी भएर लाग्नु पर्ने बताउनु भयो ।

May be an image of 1 person, studying, flute, hospital and text
शुभकामना मन्तव्य पश्चात गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले रचनात्मक सुझावहरुको आत्मसाथ गर्ने र सुझाव दिनुहुने सम्पुर्णलाई धन्यवाद दिदै दै आर्थिक बर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।


गाउँपालिका उपाध्यक्ष गोकुली रेग्मीले स्वागत मन्तब्य राख्नु भएको उक्त कार्यक्रमको सहजीकरण हेम चापागाईंले गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.