logo

वीरगंजमा समाजवाद र प्रेस स्वतन्त्रता बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

 इसीमाना सम्वाददाता     २०८१ असार ९ गते ०५: ४६ मा प्रकाशित     377   पटक पढिएको

वीरगंज । सामाजवादी प्रेस संगठन नेपाल, पर्साको आयोजनामा आईतवार वीरगंजमा समाजवाद र प्रेस स्वतन्त्रता बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

समाजवादी प्रेस संगठन नेपाल, पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा भएको कार्यक्रमका सहभागिहरुले पत्रकारिता पेसामाथि राजनैतिक दलहरुको हस्तक्षेप बढ्दै गएको र राज्यको तर्फबाट बिभिन्न बहानामा प्रेसमाथी अंकुश लगाउने काम हुँदै गएको भन्दै चिन्ता ब्यक्त गरेका हुन् ।

 

कार्यक्रममा बोल्ने वक्ताहरु प्रेस स्वतन्त्रमाथि विभिन्न बहनामा भइरहेको हस्तक्षेपको चर्चा गर्दै सबै प्रेस जगत एकजुट भएर अगाडि बढनु पर्ने बिचार व्यक्त गरेका थिए ।

देश समाजवादी क्रान्तिको दिशामा अगाडि वढी रहेको अवस्थामा पत्रकारितालाई झनै स्वतन्त्र र जनतामाथी उतरदायी बनाउँनु पर्ने कुरामा वक्ताहरुको जोड थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एकिकृत समाजवादीका प्रचार विभाग उप प्रमुख दामोदर अर्यालले प्रेस स्वतन्त्रतालाई राज्यले मात्र होइन संचारगृहले पनि हनन् गरिरहेको वताए । उनले संचारगृह र संचार गृहका मालिकहरुले आफ्नो इच्छा र चाहना अनुसार समाचार सम्प्रेसण गर्दा पनि प्रेस स्वतन्त्रता हनन् हुने गरेको वताए ।

नेकपा एस कै स्कुल विभागका सचिव अशेस घिमिरेले सुशासनको बारेमा पत्रकारहरुले कलम चलाईदिनु पर्ने वताए । उनले पुंजिवादको अन्त्य नभए सम्म देशमा समृद्ध र सुशासन सम्भव नरहेको वताउँदै त्यसको अन्त्यको लागि समाजवाद जरुरी रहेको वताए ।

प्रचार प्रचार विभागका सचिव प्रकाश खतिवडा,नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान,पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।


वीरगंज स्थित होटल बृदावनमा भएको कार्यक्रममा नेकपा एस पर्साका कार्यवाहक अध्यक्ष गंगा खड्का, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, बिशेष प्रदेश कमिटि सदस्य दिपक दवाडी, समाजवादी प्रेस संगठनका केन्द्रीय सचिव बृजलाल पासवान, केन्द्रीय सदस्य रेबिन्द्र कार्की, रेडियो वीरगंज, टिभि वीरगंज एवम् मधेशदृष्टिका कार्यकारी अध्यक्ष ध्रुव साह, प्रेस सेण्टरका केन्द्रीय सदस्य निरज पिठाकोटे, नेपाल प्रेस युनियन पर्सा अध्यक्ष बिजय चौहान, प्रेस चौतारी पर्साका अध्यक्ष बिजय भण्डारी, प्रेस सेण्टर पर्साका अध्यक्ष दिपक गौतम लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजीकरण समाजवादी प्रेस संगठन नेपाल पर्साका सह सचिव श्याम सर्राफले गरेका थिए भने स्वागत मन्तव्य समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य मनोज पटेलले राखेका थिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.