logo

वीरगंजमा समाजवाद र प्रेस स्वतन्त्रता बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

 इसीमाना सम्वाददाता     २०८१ असार ९ गते ०५: ४६ मा प्रकाशित     491   पटक पढिएको

वीरगंज । सामाजवादी प्रेस संगठन नेपाल, पर्साको आयोजनामा आईतवार वीरगंजमा समाजवाद र प्रेस स्वतन्त्रता बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

समाजवादी प्रेस संगठन नेपाल, पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा भएको कार्यक्रमका सहभागिहरुले पत्रकारिता पेसामाथि राजनैतिक दलहरुको हस्तक्षेप बढ्दै गएको र राज्यको तर्फबाट बिभिन्न बहानामा प्रेसमाथी अंकुश लगाउने काम हुँदै गएको भन्दै चिन्ता ब्यक्त गरेका हुन् ।

 

कार्यक्रममा बोल्ने वक्ताहरु प्रेस स्वतन्त्रमाथि विभिन्न बहनामा भइरहेको हस्तक्षेपको चर्चा गर्दै सबै प्रेस जगत एकजुट भएर अगाडि बढनु पर्ने बिचार व्यक्त गरेका थिए ।

देश समाजवादी क्रान्तिको दिशामा अगाडि वढी रहेको अवस्थामा पत्रकारितालाई झनै स्वतन्त्र र जनतामाथी उतरदायी बनाउँनु पर्ने कुरामा वक्ताहरुको जोड थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एकिकृत समाजवादीका प्रचार विभाग उप प्रमुख दामोदर अर्यालले प्रेस स्वतन्त्रतालाई राज्यले मात्र होइन संचारगृहले पनि हनन् गरिरहेको वताए । उनले संचारगृह र संचार गृहका मालिकहरुले आफ्नो इच्छा र चाहना अनुसार समाचार सम्प्रेसण गर्दा पनि प्रेस स्वतन्त्रता हनन् हुने गरेको वताए ।

नेकपा एस कै स्कुल विभागका सचिव अशेस घिमिरेले सुशासनको बारेमा पत्रकारहरुले कलम चलाईदिनु पर्ने वताए । उनले पुंजिवादको अन्त्य नभए सम्म देशमा समृद्ध र सुशासन सम्भव नरहेको वताउँदै त्यसको अन्त्यको लागि समाजवाद जरुरी रहेको वताए ।

प्रचार प्रचार विभागका सचिव प्रकाश खतिवडा,नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान,पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।


वीरगंज स्थित होटल बृदावनमा भएको कार्यक्रममा नेकपा एस पर्साका कार्यवाहक अध्यक्ष गंगा खड्का, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, बिशेष प्रदेश कमिटि सदस्य दिपक दवाडी, समाजवादी प्रेस संगठनका केन्द्रीय सचिव बृजलाल पासवान, केन्द्रीय सदस्य रेबिन्द्र कार्की, रेडियो वीरगंज, टिभि वीरगंज एवम् मधेशदृष्टिका कार्यकारी अध्यक्ष ध्रुव साह, प्रेस सेण्टरका केन्द्रीय सदस्य निरज पिठाकोटे, नेपाल प्रेस युनियन पर्सा अध्यक्ष बिजय चौहान, प्रेस चौतारी पर्साका अध्यक्ष बिजय भण्डारी, प्रेस सेण्टर पर्साका अध्यक्ष दिपक गौतम लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजीकरण समाजवादी प्रेस संगठन नेपाल पर्साका सह सचिव श्याम सर्राफले गरेका थिए भने स्वागत मन्तव्य समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य मनोज पटेलले राखेका थिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.