logo

बिन्दवासीनी चौरसिया हत्या प्रकरण, केन्द्रीय नेता सहित १५ बिरुद्ध पक्राउ पूर्जी जारी,अनुसन्धानकालागि प्रसौनीबाट गद्धी गिरफ्तार

      11/23/2020 गते 00 00 मा प्रकाशित     1858   पटक पढिएको

प्रहरीले बिन्दवासीनी गाउँपालिकाको वडा नं ५ प्रसौनी बाट शवदिन राउत गद्धीलाई गिरफ्तार गरेको छ । कार्तिक ६ गते सोही ठाउमा  भएको नेकपाको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा परि मृत्यु भएका नेकपाका नेता मुकेश चौरसियाको हत्या प्रकरणसंग जोडिएर उनको गिरफ्तारी भएको प्रहरी स्रोतको भनाई छ ।

 

जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरियाको संयुक्त टोलीले उनलाई घरबाटै गिरफ्तार गरेको हो । गुडिया देवीले दिएको किटानी जाहेरीमा शवदिन राउत गद्धीको नाम उल्लेख छ । राउत  चौरसिया हत्या प्रकरणका एक जना प्रतिवादी हुन पर्सा प्रहरीका प्रवक्ता मनोजीत कंवरले भन्नु भयो “त्यही केशमा अनुसन्धान प्रयोजनाकालागि राउतलाई गिरफ्तार गरिएको हो ” ।


गुडिया देवीले दिएको किटानी जाहेरी दर्ता भएर पक्राउ पूर्जी जारी भएपछि प्रहरीले गिरफ्तारी शुरु गरेको स्रोतको दावी छ । नेकपा विन्दवासिनी गाउँपालिका कमिटिका सचिव मुकेश चौरसियाको हत्यामा संलग्न रहेको आरोपमा नेकपाका केन्द्रीय नेता नागेन्द्र चौधरी रामचन्द्र साह सहित १५ जना बिरुद्ध अनुसन्धान गर्न पर्सा प्रहरीले निर्देशन पाएको थियो।

 

 प्रहरीले त्यही मुद्धा दर्ता गरेपछि पक्राउ पूर्जी जारी भएको हो ।१५ जना प्रतिवादी बिरुद्ध पक्राउ पूर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनोजीत कुंवरले पुष्टि गर्नु भयो । यो भन्दा अगाडि संविधान सभाका सदस्य राजकुमार गुप्ता सहित अन्यका बिरुद्ध पनि पक्राउ पूर्जी जारी भएको थियो ।  

 

नेकपाको केन्द्रीय कमिटीका सदस्य एवं प्रदेश २ का सह इन्चार्ज नागेन्द्र चौधरी , पार्टीका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साह , पार्टीको प्रदेश कमिटीका सदस्य छोटेलाल यादव, पार्टीको जिल्ला कमिटीका सदस्य बिक्रम चौरसिया सहितका नेताहरुका बिरुद्ध पक्राउपूर्जी जारी भएको हो । स्रोतका अनुसार पाँच दिन पहिला नै पक्राउ पूर्जी जारी भएको थियो ।  यसैवीच हिजो गिरफतार गरिएका अखिलेश चौरसियालाई अनुसन्धानकोलागि न्यायीक हिरासतमा राख्न प्रहरीले पर्सा जिल्ला अदालत मार्फत म्याद लिएको छ । अव चौरसिया हत्या प्रकरण न्यायीक फैसलाकालागि अदालती प्रक्रियामा प्रवेशको नजिक पुगेको छ । 

 

त्यसैगरि बिन्दवासीनी गाउँपालिकाका परशुराम यादव, चंचल यादव,होदा राउत गदी,महादेव चौहान,कलसरीफ राउत गदी,सभासद राउत गदी,सवादिन राउत गदी ,रुषत्तम राउत गदी,मोहन यादव,जितेन्द्र चौरसिया र समन साह बानिया बिरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ  । 


किटानी जाहेरी दिने गुडिया देवीले  उत्तम तिवारी, पुकार तिवारी भन्ने चिन्टु तिवारी र मुकेश चौरसियालाई मार्ने उद्धेश्यले जाहेरीमा उल्लेख गरिएका प्रतिवादीहरुले आक्रमण गरेको दावी लिनु भएको छ ।

 

उहाँले घाइते भएका चौरसियाको मृत्यु भएको र अन्य घाइतेको उपचार भइरहेको भन्दै  कारवाहीको माँग गर्नु भएको हो । बिपक्षीहरुले घेराहाली आक्रमण गरेको उहाँको दावी छ । 

यस अघि प्रहरीले चौरसियाको हत्या आरोपमा घाइते रहेका उत्तम तिवारीलाई भने गिरफ्तार गरेको छ । चौरसियाका भाई महेश चौरसियाले दिएको किटानी जाहेरीमा राजकुमार गुप्ता सहितका ब्यक्तिहरुले हत्या गरेको दावी लिइएको छ । यद्धपी राजकुमार गुप्ता घटना स्थलमा नभएको उनीहरुले नै बताउने गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.