logo

चीनको विकास अनुभव नेपालको लागि बहुमूल्य शिक्षाः उपाध्यक्ष घिमिरे

 इसीमाना सम्वाददाता     २०८१ सावन १८ गते ०८: २७ मा प्रकाशित     496   पटक पढिएको

काठमाण्डौ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले चीनको विकास अनुभव नेपालको लागि बहुमूल्य शिक्षा हुन सक्ने विचार ब्यक्त गर्नुभएको छ ।


फ्रेण्डस् अफ सिल्क रोड क्लबले शुक्रबार काठमाण्डौमा आयोजना गरेको नेपालको विकासका लागि चीनको अनुभव सम्बन्धी कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले चीनले छोटो समयमा हासिल गरेको विकास अनुभवबाट नेपालले धेरै शिक्षा लिएर अघि बढ्नुपर्ने विचार ब्यक्त गर्नुभएको हो ।


‘चीनले आफ्नो अर्थतन्त्रमा उल्लेखनीय रुपान्तरण गर्दै करोडौं मानिसहरूलाई गरिबीबाट मुक्त गराउन सफल भएको अनुभव विकासशील राष्ट्रहरूको लागि महत्वपूर्ण प्रेरणाको स्रोत हो ।’, उहाँले भन्नुभयो ‘नेपालले आफ्नो विकासका लक्ष्यहरू हासिल गर्ने यात्रा सुरु गर्दा यो चीनको अनुभवबाट शिक्षा लिनुपर्छ ।’


उपाध्यक्ष घिमिरेले नेपाल र चीनका बिचमा जनस्तरमा राजनीतिक, आर्थिक, सांस्कृतिक लाभहरुको आदान–प्रदान हुँदै आएको चर्चा गर्दै त्यसको माध्यमबाट सम्पर्कका सञ्जालहरुलाई बढाउँदै आर्थिक वृद्धिलाई उत्प्रेरित गर्न र आम नागरिकको जीवनस्तर सुधार गर्न सहयोग पु¥याउने धारणा ब्यक्त गर्नुभयो ।


चीन र नेपालले पूर्वाधार विकास, कृषि र ग्रामिण विकास, पर्यटन र ग्रामिण बिकास, शिक्षा र क्षमता बिकास तथा हरित बिकास र वातारण संरक्षण क्षेत्रमा सँगै काम गर्न सक्ने क्षेत्रहरू भएको भनाई उहाँको छ ।

ट्रान्स–हिमालयन बहुआयामिक सम्पर्क नेटवर्क मार्फत सडक, रेल र हवाई सम्पर्कहरू बढाउँदा नेपालको लागि नयाँ आर्थिक अवसरहरू खोल्ने महत्वपूर्ण परियोजना हुन सक्ने बताउँदै उपाध्यक्ष घिमिरेले चीनले कृषि आधुनिकीकरण, उत्पादकत्व वृद्धि र ग्रामीण जीवनस्तर सुधार गर्न गरेको अनुभव आदान– प्रदान गरेर नेपालको कृषि क्षेत्रमा रूपान्तरण ल्याउन सकिन्छ भन्नुभयो ।


यसैगरी चीनको सहयोगमा बनेका पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट चीनका बिभिन्न शहरमा सिधा हवाई सम्पर्क कायम गर्न आवश्यक भएको बताउँदै उपाध्यक्ष घिमिरेले नेपालको पर्यटन विकासका लागि यसले कोशेढुंगाको काम गर्छ भन्नुभयो ।

‘नेपाल र चीनले जलवायु परिवर्तन र वातावरणीय क्षतिको विश्वव्यापी चुनौतीहरूको सामना गर्दै, चीन र नेपालले हरित विकासका लागि सहकार्य गर्न सक्छन् ।

 

’ उहाँले भन्नुभयो, ‘यसबाट नवीकरणीय ऊर्जा, दिगो कृषि र वातावरणीय संरक्षणमा उच्चतम प्रविधि र उत्तम अभ्यासहरू समावेश गर्दै हाम्रो विकासलाई प्रकृतिसँग समन्वयमा ल्याउन सुनिश्चित गर्न सकिन्छ।’


उहाँले चीन र नेपालबीचको सम्बन्ध ऐतिहासिक रुपमा प्रगाढ छ, र आपसी सम्मान, विश्वास र समझदारीको बलियो आधारमा स्थापित भएको बताउँदै नेपाल एक चीन नीति प्रति सधै प्रतिबद्ध रहेको दोहो«¥याउनुभयो ।
समाप्त

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.