logo

कृषि औजार कारखानाबारे अध्ययन गरेर निर्णय गर्छौः कृषिमंत्री अधिकारी

 इसीमाना सम्बाददाता      २०८१ सावन २२ गते १७: ५६ मा प्रकाशित     373   पटक पढिएको

 वीरगञ्ज । सरकारले बीरगंजको कृषि औजार कारखना संचालनकालागि गर्न सक्ने सहयोगका बारेमा आवश्यक निर्णय लिने 

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बताएका छन । उनले मंगलवार कारखानाको स्थलगत निरिक्षण क्रममा यस्तो बताएका हुन ।


  उनले  कृषि औजार कारखानाको विषयमा बिस्तृत अध्ययन पछि निर्णय गर्दा उपयुक्त हुने बिचार ब्यक्त गरे ।  राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र कृषि औजार कारखाना वीरगञ्जका इन्चार्ज तथा इन्जिनियर रितेश देवले केन्द्रले सञ्चालन र व्यवस्थापन गर्दै आएको कारखानाको  विषयमा मन्त्री अधिकारीलाई जानकारी गराएका थिए।


बैज्ञानिक पुनले सरकारसंग सहकार्य गरेर अगाढि बढ्न चाहेको बताए । उनले कारखनामा पुराना मेशीन रहेको चर्चा गर्दै अव आधुनिक मेसिन जडान गरेर साना खालका कृषि औजार उत्पादन गर्न आवश्यक रहेको बताए ।

२०७९ भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखानाको व्यवस्थापन र सञ्चालन गर्न केन्द्रलाई १० वर्षका लागि उपलब्ध गराउने निर्णय गरेको छ ।
 
केन्द्रले कारखाना जिम्मा लिएको २२ महिनामा  १८–२० थरीका कृषि औजार तथा उपकरण तयार पारेको छ ।


केन्द्रले औपचारिक रुपमा विसं २०७९ माघ महिनामा काम सुरु गरेको थियो । वीरगञ्जस्थित कृषि औजार कारखानाका इन्चार्ज रितेश देवले केन्द्रले छोटो अवधिमा कारखानामा रहेका पुराना र जीर्ण उपकरण मर्मतसम्भार गरी सञ्चालन गर्नसक्ने अवस्थामा ल्याएको बताए ।

कारखाना संचालनका लागि बैज्ञानिक महाविर पुन आफूले लेखेको पुस्तक बेच्दै हिडेका छन । उनको १ लाख २० हजार थान पुस्तक बिक्री भइसेको छ । पुस्तक बिक्रीबाट आएको २ करोड रुपैया कारखानामा संचालनमा खर्च भइसकेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.