logo

जनकपुर बिमानस्थलमा  ८ वर्षमा टर्मिनल भवन निर्माण सम्पन्न ,संघीय पर्यटनमंत्री भट्टराईले गरे उद्धघाटन

      12/8/2020 गते 00 00 मा प्रकाशित     948   पटक पढिएको

२ वर्षमा बन्नु पर्ने जनकपुरधाम विमानस्थलको आधुनिक नयाँ टर्मिनल भवन ८ वर्षमा बन्यो । पप्पु एण्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच २०६९ असोज १५ मा सम्झौता भएको थियो ।

 

तर सम्झौता अनुसार तोकिएको समयमा काम पूरा हुन सकेको थिएन । ८ वर्षमा निर्माण कार्य सम्पन्न भएको बिमानस्थलको नयाँ भवन आजबाटै संचालनमा आएको छ । आज  एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई भवनको उद्घाटन गर्नु भयो।


२०६९ कार्तिक महिनामा १८ करोडको लागतमा निर्माण गर्न तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले टर्मिनल भवनको शिलान्यास गर्नु भएको थियो ।

 

तर निर्माण सम्पन्न भइसक्दा ५० करोड रुपैया लागत पुगेको छ । दुई वटा निर्माण कम्पनीसंग ठेक्का गरेर टर्मिनल भवन निर्माण भएको हो । सरकारले पप्पु कन्सट्रकशन संगको ठेक्का सम्झौता रद्ध गरेर  थेदिंग जालवा उमा कम्पनी जेभी कन्स्ट्रक्सनसँग नयाँ सम्झौता गरिएको थियो

नयाँ टर्मिनल भवन सञ्चालनमा आएसँगै यात्रुहरूले भोग्दै आएको समस्याहरु समाधान हुने जनकपुर विमानस्थलका वरिष्ठ अधिकृत विकासकुमार झाले जानकारी दिनु भयो । 

 

नयाँ टर्मिनल भवनको प्रस्थान कक्षमा २ सय ५० यात्रु बस्न सक्ने व्यवस्था मिलाइएको झाको भनाइ छ ।जनकपुरधाममा ५ दशकदेखि नेपाल वायुसेवा निगमले सेवा दिँदै आएको छ । १८ जना यात्रु बोक्ने जहाजका लागि २०२४ सालमा निर्माण गरिएको टर्मिनल भवनबाट सेवा दिईँदै आएको थियो ।

जनकपुरधाम विमानस्थलबाट अहिले दैनिक तीनवटा निजी विमान कम्पनीले सेवा दिँदै आएको छ ।बुद्ध एयरले दैनिक तीन, यति एयरले दैनिक दुई र श्री एयरलाइन्सले दैनिक एक पटक जनकपुरधाम–काठमाडौँ उडान गर्दै आइरहेको वरिष्ठ अधिकृत झाले बताउनु भयो । 

 

अहिले जनकपुरबाट दैनिक पाँचवटा उडान काठमाडौँका लागि गर्दै आएको छ । नयाँ टर्मिनल भवन सञ्चालनमा आएपछि धावनमार्ग बिस्तार गर्ने लक्ष्य रहेको जनकपुरधाम विमानस्थलका प्रमुख किरण गौतमले जानकारी दिनु भयो  । 


आधुनिक टर्मिनल भवनमा १ सय ५० मोटरसाइकल, ८० वटा कार तथा जिप पार्क गर्न सक्ने क्षमताको पार्किङस्थल बनाइएको छ । टर्मिनल भवनमा अलग्गै स्तनपान कक्ष र धुम्रपान कक्ष समेत बनाइएको जनकपुरधाम विमानस्थलका प्रमुख गौतमले जानकारी दिनु भयो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.