logo

किसान महासंघ संगठन निर्माण र परिचालनमा जुट्यो, असोज मसान्त सम्म अधिवेशन सक्ने निर्णय

 इसीमाना सम्वाददाता     २०८१ भदौ ६ गते ०९: ०४ मा प्रकाशित     447   पटक पढिएको

बीरगंज । अखिल नेपाल किसान महासंघले मधेश प्रदेशका ८ वटै जिल्लाको अधिवेशन असोज मसान्त सम्म गरिसक्ने निर्णय गरेको छ ।

 

महासंघको बिहिवार बर्दिवासमा सम्पन्न भएको बिस्तारित बैठकले संगठन निर्माणको बिषयमा गम्भिर छलफल गर्दै अधिवेशन गर्ने निष्कर्ष निकालेको महासंघका मधेश प्रदेश इन्चार्ज उमेश गुप्ताले जानकारी दिए ।

May be an image of 6 people and dais
महासंघका केन्द्रीय अध्यक्ष डा.प्रम दंगालको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा नेकपा एमालेका मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको बिशेष उपस्थिति रहेको थियो ।

May be an image of 7 people, dais, hospital and text
बैठकले मधेश प्रदेशका आठ बटै जिल्लामा संगठनको गतिविधि किसानले ब्यहोर्नु परेको समस्याका बिषयमा घनिभूत छलफल गरेको थियो । बैठकलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष डा.दंगालले किसानको समास्या संग संगठनलाई एकाकार गर्न बिशेष निर्देशन दिएका थिए ।

May be an image of 7 people and text

पार्टीका मधेश अध्यक्ष चन्देश्वर मण्डलले संगठनमा आधारभूत किसानलाई संगठीत गरेर अगाडि बढन महासंघलाई निर्देशन दिए ।

 

उनले कम्युनिष्ट पार्टीको बलियो आधार स्तम्भ नै किसान भएको स्मरण गर्दै किसानका समस्याको हल खोज्ने गरि नेतृत्व स्थापित गर्न सुझाव दिए ।

May be an image of 6 people, dais, hospital and text
निरन्जन चौधरीको अध्यक्षतामा भएको बैठकमा मधेश प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको अन्जना कडरियाले बताइन । बैठकमा मधेस प्रदेशका पूर्ब राज्यमन्त्री शारदा देवी थापाको समेत सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.