logo

किसान महासंघ संगठन निर्माण र परिचालनमा जुट्यो, असोज मसान्त सम्म अधिवेशन सक्ने निर्णय

 इसीमाना सम्वाददाता     २०८१ भदौ ६ गते ०९: ०४ मा प्रकाशित     541   पटक पढिएको

बीरगंज । अखिल नेपाल किसान महासंघले मधेश प्रदेशका ८ वटै जिल्लाको अधिवेशन असोज मसान्त सम्म गरिसक्ने निर्णय गरेको छ ।

 

महासंघको बिहिवार बर्दिवासमा सम्पन्न भएको बिस्तारित बैठकले संगठन निर्माणको बिषयमा गम्भिर छलफल गर्दै अधिवेशन गर्ने निष्कर्ष निकालेको महासंघका मधेश प्रदेश इन्चार्ज उमेश गुप्ताले जानकारी दिए ।

May be an image of 6 people and dais
महासंघका केन्द्रीय अध्यक्ष डा.प्रम दंगालको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा नेकपा एमालेका मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको बिशेष उपस्थिति रहेको थियो ।

May be an image of 7 people, dais, hospital and text
बैठकले मधेश प्रदेशका आठ बटै जिल्लामा संगठनको गतिविधि किसानले ब्यहोर्नु परेको समस्याका बिषयमा घनिभूत छलफल गरेको थियो । बैठकलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष डा.दंगालले किसानको समास्या संग संगठनलाई एकाकार गर्न बिशेष निर्देशन दिएका थिए ।

May be an image of 7 people and text

पार्टीका मधेश अध्यक्ष चन्देश्वर मण्डलले संगठनमा आधारभूत किसानलाई संगठीत गरेर अगाडि बढन महासंघलाई निर्देशन दिए ।

 

उनले कम्युनिष्ट पार्टीको बलियो आधार स्तम्भ नै किसान भएको स्मरण गर्दै किसानका समस्याको हल खोज्ने गरि नेतृत्व स्थापित गर्न सुझाव दिए ।

May be an image of 6 people, dais, hospital and text
निरन्जन चौधरीको अध्यक्षतामा भएको बैठकमा मधेश प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको अन्जना कडरियाले बताइन । बैठकमा मधेस प्रदेशका पूर्ब राज्यमन्त्री शारदा देवी थापाको समेत सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.