logo

महागढीमाई मन्दीर मधेशको धरोहर हो यसको बिकासकालागि कन्जुस्याई हुदैनः पूर्वाधार मंत्री यादव

 इसीमाना सम्वाददाता     २०८१ असोज ५ गते ०६: ३५ मा प्रकाशित     487   पटक पढिएको

कलैया । बाराको महागढिमाई नगरपालिका स्थित गढिमाई मन्दीरर प्राङ्गणमा निर्माण भएको गढिमाई बहुउद्देश्यीय धर्मशालाको शनिवार मधेस सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री सरोज यादवले दघाटन गरेका छन ।

मन्दीर मधेसको धरोहर भएको बताउदै मंत्री यादवले यसको बिकासका लागि कुनै पनि कन्जुस्याइँ नगरिने बताए ।

 

उनले आउदै गरेको मेलाको ब्यवस्थापनका निमित्त मधेश सरकारका तर्फबाट आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाए ।

७ करोड ५९ लाख ८४ हजार ३ सय ८८ को लागतमा धर्मशाला निर्माण भएको हो ।

 

निर्माण कार्यको ठेक्का सम्झौता २०७६ जेष्ठ १३ गते भएको थियो ।

 

भ्याली बाबुरत्न जेभी ललितपुरले धर्मशाला निर्माण गरको हो ।

 

धर्मशालाको भूईतलामा बिवाह मन्डप,ठूलो हल,दुलहा दुलहिको लागि अलग अलग कोठा भण्डार कक्ष दुईवटा शयन कक्ष रहेको छ ।

 

पहिलो तल्लामा २ वटा हल र १० वटा कोठा रहेको छ ।

 

२०८० जेष्ठ २५ मा सम्पन्न गर्नुपर्ने निर्माणको काम ठेकेदार पक्षको लापरवाहीका कारण ढिलो भएको बताइएको छ ।

प्रसीद्ध पशुबली दिइने बिश्वप्रसीद्ध मन्दीर गढीमाईमा यो वर्ष मेला वर्ष पनि हो ।

 

मेला भर्न नेपाल र भारतबाट लाखौं दर्शानार्थीको सहभागिता रहने गरेको छ । हजारौ पशुको बली दिइन्छ ।

 

प्रदेशका  भौतीक पूर्वाधार मंत्री सरोज यादवले मेला वर्षको यो समयमा धर्मशाला मंत्रालयको तर्फबाट उपहार रहेको चर्चा गर्दै गर्व महशुस गरेको बताए ।

1726919913343-1.jpg
कार्यक्रममा निर्माण कार्यमा सहयोग गर्ने महागढीमार्य नगरपालिकाका प्रमुख उपेन्द्र प्रसाद यादव, गढीमाई मन्दीर संचालन समितिका अध्यक्ष रामचन्द्र साह निर्माण ब्यवसायी शालिक गौतमलाई मंत्री यादवले सम्मान तथा कदर पत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रममै पुर्वाधार बिकास कार्यालय कलैयाका प्रमुख राजेन्द्र साहले महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवलाई धर्मशालाको हस्तान्तरण गरेका थिए । मेयर यादवले टेण्डर प्रक्रिया मार्फत धर्मशाला संचालन गरिने बताए ।


कार्यक्रममा संविधान सभा सदस्य रामअयोध्या प्रसाद यादव, प्रदेश सभा सदस्यहरु बच्चा प्रसाद यादव, शारदा शन्कर साह कलवार, महमद समीर, रबिन्द्र दास श्रेष्ठ, माला लामा, लक्ष्मी देबी, राजपती जयस्वाल, भौतीक पूर्वाधार मंत्रालयका निमित्त सचिव सन्जय प्रसाद साह पूर्व जिबिस सभापती छठ्ठु यादव लगायतको सहभागिता रहेको थियो ।

 

पुर्वाधार बिकास कार्यालय कलैया बाराका ईन्जिनियर आरती चौधरीले स्वागत गरेको कार्यक्रमको सन्चालन सन्चारकर्मी साजिर मन्सूरले गरेका थिए

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.