logo

सरकारलाई दुई तिहाईको दम्भ नदेखाउन रास्वपा पर्साको चेतावनी

 इसीमाना सम्वाददाता     २०८१ असोज ८ गते ०५: ३८ मा प्रकाशित     460   पटक पढिएको

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले सरकारलाई दुई तिहाईको दम्भ नदेखाउन चेतावनी दिएको छ । पार्टीका सभापति रबी लामिछानेलाई संसदीय छानविन समितिको प्रतिवेदन पक्राउ गर्न खोजिएको भन्दै पर्सा पार्टीले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत पूधानमंत्रीलाई ज्ञापन बुझाउदै यस्तो चेतावनी दिएको हो ।

मंगलबार दिउसो पार्टीका पर्सा जिल्ला सभापति हरि पन्तको नेतृत्वमा आदर्शनगर बाट निस्केको मौन जुलुसले जिल्ला प्रशासन कार्यालय पर्सा पुगेर साहयक प्रमुख जिल्ला अधिकारी सानू बाबू अधिकारी लाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

raswapa-parsa.jpg

रबि निर्दोष छन , राजनीति पुर्बाग्रह नसाँध , ८७ अर्ब ठग्ने असली सहकारी ठगहरु लाई कार्बाही गर भन्ने प्लेकार्ड बोकेको जुलुसले ज्ञापनपत्र बुझाएर माइस्थानमा पुगेर कोणसभा समेत गरेको थियो ।

 

कोणसभालाई सम्बोधन गर्दै जिल्ला सभापति हरि पन्तले सरकारलाई दुई तिहाईको दम्भ नदेखाउन चेतावनी दिए ।

 

उनले सरकारको रबैया यही रहे ०८४ अगाडि नेपाली जनताले सत्ता कब्जा गर्ने उद्धघोष गरे । उनले बर्तमान सत्ताका बिषयमा नेपाली जनताले नजिकबाट नियाली रहेको चर्चा गर्दै जनताले चाडै हिसाव किताब मिलाउने बताए ।

 

सभामा रास्वपा क्षेत्रीय सभापतिहरु जितेन्द्र मिश्र , फैयाद मिया ,प्रदेश सदस्य तुलसा पौडेल , सुदिश प्रजापति , प्रचार बिभागका प्रदेश प्रमुख राम सर्राफ , सङठन र शिक्षा बिभागका प्रमुख राम प्रमोद रायमाझी , राम आर्य सोनालाल पटेल पालिका सभापति माधब बस्नेत , उमेश यादब , चन्दन गुप्ता र प्रदीप पटेल लगायतका नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको सभालाइ केन्द्रिय सदस्य डा. नन्दन यादब र पूर्व संजक दिलिप कुर्लर्मी सम्बोधन गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.