logo

ठोरीमा एमालेको अन्तरक्रिया, पार्टी र सरकारलाई जनताको हितमा परिचालीत गर्ने लियो संकल्प

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक ३ गते ०९: ५४ मा प्रकाशित     731   पटक पढिएको

बीरगंज । नेकपा एमालेको ठोरी पालिका कमिटीको आयोजनामा सुवर्णपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 

पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका स्थानीय कमिटीका वीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 
अनतरक्रिया कार्यक्रममा पार्टी र स्थानीय सरकारवीचको समबन्धको बारेमा घनीभुत छलफल भएको थियो । 


अन्तरक्रिया कार्यक्रममा पार्टी निर्माणकालागि बैचारिक क्षेत्रको काममा भएको  कमजोरीका बारेमा समिक्षा भएको थियो । पार्टीका तर्फबाट समग्र ठोरीको बिकास बिभिन्न आयामका बारेमा स्थानीय सरकारको ध्यानाकर्षण गराइएको थियो ।

पार्टीले निर्वाचनका बेला पार्टीको घोषणा मार्फत गरेको प्रतिवद्धतालाई पूनः स्मरण गरेको छ । पार्टीका पदाधिकारीले घोषणा  पत्रलाई ख्याल गर्न र त्यसमा गरिएको प्रतिवद्धता पुरा गर्ने गरि काम गर्न ठोरीको स्थानीय सरकारलाई आग्रह गरेका छन ।


अन्तरक्रिया कार्यक्रममा पार्टीका तर्फबाट कमी कमजोरी र सरकारका तर्फबाट भएका कमजोरीका बारेमा निर्मम समिक्षा गरिएको छ ।

अन्तरक्रिया कार्यक्रमले कमजोरी पहिचान गरेको र त्यसलाई सच्याउने प्रतिवद्धता ब्यक्त गरेको पालिका कमिटीका अध्यक्ष खगेन्द्र श्रेष्ठले बताए । 


कार्यक्रमको सहजीकरण पार्टीका केन्द्रीय सदस्य र एवं क्षेत्रका इन्चार्ज अरविद कुमार सिंहले गरेका थिए ।

 पार्टीका पर्सा यन्चार्ज केन्द्रीय सदसइ प्रभू हजराले निर्देशनात्मक मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा पार्टीका पर्सा अध्यक्ष डा. बिश्वम्भर शर्मा संबिधान सभाका सदस्य एवं पोखरिया नगरपालिकाका प्रमुख प्रदुम्न चौहान, एमालेका नेता भगवान प्रसाद कुर्मी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

 ठोरीका ५ वटै वडाबाट पार्टीका पदाधिकारी तथा गाउँपालिका अध्यक्ष लालबाहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुली रेग्मी लगायतले बिचार ब्यक्त गरेका थिए ।

 
अन्तरक्रिया कार्यक्रमले नेकपा एमाले ठोरीमा पार्टी र सरकारलाई जनताको बृहत हितमा परिचालन गर्ने संकल्प लिनु पर्ने निष्कर्ष निकालेको पाटी सचिव जगेन्द्र पौडेलले बताए ।


पार्टीका अध्यक्ष खगेन्द्र श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रमको  संचालन पार्टी सचिव जगेन्द्र पौडेलले गरेका थिए ।

 

कार्यक्रममा बहस नोटकर्ता के.सी.लामिछाने र गोविन्द प्रताप श्रेष्ठले अन्तरक्रियाबाट निस्केका समस्यालाई सुत्रवद्ध गरेर पार्टी निर्माण र संचालनकालागि गर्नु पर्ने कामको बिषयमा सुझाव प्रस्तुत गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.