logo

बहुदरमाईको प्रथामिकता रोजगारी प्रर्वद्धन र कागजरहित सेवा, पचास करोडको बजेट बिनियोजन

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक ८ गते ०४: ४३ मा प्रकाशित     382   पटक पढिएको

बीरगंज । बहुदरमाई नगरपालिकाको ११ औ नगरसभामा बिहिवार सम्पन्न भएको छ । सभाले चालु आर्थिक वर्षकालागि करिब पचास करोड रुपैया बिनियोजन गरेको छ । सभामा  उपप्रमुख सुष्मा कुशवाहाले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन ।

 

उनले बहुदरमाई नगरपालिकाले शहरी पूर्वाधार निर्माण,कृषि तथा पर्यटन स्वास्थ्य सेवा , रोजगारी प्रर्वद्धन तथा कागजरहित सेवालाई आफनो आगामी वर्षको प्रथामिकतामा राखेको उल्लेख गरिन । 


नीति तथा कार्यक्रममा राखिएका प्रथामिकता पुरा गर्नकालागि नगरपालिकाले संघ ,प्रदेश , नीजि क्षेत्र अन्तराष्ट्रिय जगत संग सहकार्य र साझेदारी गर्ने नीति लिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासका माध्यमले नागरिकलाई आधारभूत सेवा प्रवाहमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने नीति तथा कार्यक्रममा उल्लेख छ । 


उपप्रमुख कुशवाहाले चालु आर्थिक बर्ष ०८१ /८२ को लागि ४९ करोड ९३ लाख ३३ हजारको बजेट सर्बजनिक गरिन ।

 

‘बहुदरमाई बासीको रहर स्वच्छ सुन्दर सरक्षित समृद्ध नगर’ भन्ने दिर्घकालिन आंकक्षा पुरा गर्न मजेट महत्वपूर्ण हुने उनले बताइन ।

 

बजेटमा संघीय सरकार समानिकरण अनुदानबाट १२ करोड २९ लाख,संघीय सरकार सर्शत अनुदान १९ करोड २९ लाख ९ हजार,संघीय सरकारको विशेष अनुदानबाट १ करोड ५० लाख , राजस्व बाँडफाड ९ करोड ७१ लाख प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरि प्रदेश सरकार समानिकरण अनुदान ८९ लाख ४ लाख,सर्शत अनुदानबाट ९५ लाख, विशेष अनुदान ३० लाख,समपुरक अनुदान २० लाख र राजस्व बाँडफाडबाट ३० लाख ४० हजार प्राप्त हुने अनुमान गरिएको छ ।

 

नगरपालिकाको आन्तरिक स्रोत ३ करोड ५४ लाख ६० हजार प्राप्त हुनेछ ।यसैगरि बजेटमा जिल्ला समन्वय समिति तथा अन्य निकाय बाट निकास मौज्दात ४९ लाख ८४ हजार,स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत  ५० लाख,सडक बोर्ड सशर्त अनुदान ४० लाख प्राप्त हुनेछ ।

 

 नगर सभा नगरपालिकाका मेयर सिङ्गासन साह तेलीको अध्यक्षतामा भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत महम्द शेरे मुस्तुफाले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।

 

कार्यक्रममा नगरपालिकाका नौ वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।बजेट बाँडफाँटको विषय लाई लिएर पटकपटक स्थगित हुदै आएको नगरसभा आर्थिक बर्ष शुरु भएको चार महिना पछि सम्पन्न भई बजेट आएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.