logo

बहुदरमाईको नगरसभा हात्ती आयो हात्ती आयो फूस्सा,बजेट प्रमाणीकरण नहुदा अख्तियारी रोकियो ,सबै प्रकारको भूक्तानी अलपत्र

      २०८१ कार्तिक २० गते ०६: ०० मा प्रकाशित     411   पटक पढिएको

बीरगंज । पर्साको बहुदरमाई नगरपालिकाको नगर सभा सकिएपनि नगरसभामा प्रस्तुत बजेटको प्रमाणीकरण नभएका कारण समस्या भएको छ । 


नगर सभा सकिएको सात दिन भित्रमा नगरप्रमुखले प्रमाणीकरण गर्नु पर्नेमा नगरप्रमुखले त्यसो नगर्दा कर्मचारीहरु तलव खानबाट बन्चित भएका छन ।

 

सामाजिक सुरक्षा भत्ता पाउने जेष्ठ नागरिकले अन्य लक्षीत सुमले सुरक्षा भत्ता पाउन सकेका छैनन । निर्माणका कामको भूक्तानी रोकिएको छ ।

 

वडबाट सम्पादीत कामका समेत भूक्तानी रोकिनु र कार्यालय संचालनको खर्चसमेत उपलब्ध नहुदा वडा कार्यालयहरुको दैनीक प्रशासन संचालन समेत प्रभावित हुने भएको छ । 


नगर सभाको निर्णय प्रमाण्ीकरणकालागि आफू तयार भएको नगरप्रमुख सिंगासन साहले बताए । उनले कर्मचारीले आफूलाई प्रमाणीकरणकालागि फाइल नदिएको बताए ।

 
नगरपालिकाका बिभिन्न वडाका पाँच जना वडाध्यक्षले नगरप्रमुखलाई प्रमाणीकरण नगर्ने भने साधारण सभाको औचित्य के  रह्यो भन्दै प्रश्न गरेका थिए ।

 

उनीहरुले कर्मचारीको तलव नदिने सुरक्षा भक्ता बितरण नगर्ने अन्य भूक्तानी नदिने हो भने साधारण सभा किन गरेको भन्दै जवाफ माँग गरेका थिए ।

 

नगरप्रमुख जस्तो मान्छेले नगरसभा सकिएपछि निर्णय माँग गरेर प्रमाणीकरण नगर्नु गैरजिम्मेवार रबैया भएको भन्दै नगरप्रमुखको आलोचना गरेका थिए । 


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफाले भने नगरसभामा पेश भएको बजेट नै नगरपालिकाको आर्थिक प्रणालीको सफ्टवेयरमा प्रविष्ट भएको र त्यो बजेट पुस्तिका नगरप्रमुख र उपप्रमुखलाई दिएको बताए ।

 

वडाध्यक्षहरु सुरेन्द्र यादव ,जितेन्द्र पटेल सहितकाले नगरप्रमुख साहलाई बजेट निकासको अख्तियारी किन रोकेको भन्दै सवाल जवाफ गर्दा प्रमुख साहले बैठक छोडेर हिडेका थिए ।

 

 निकै लामो प्रयास पछि कार्तिक ८ गते बहुदरमाई नगरपालिकाको ११ औं नगरसभा भएको थियो ।  चालु आर्थिक बर्ष ०८१ र८२ को लागि ४९ करोड ९३ लाख ३३ हजारको बजेट प्रस्तुत भएको थियो ।

 

आर्थिक वर्ष शुरुभएको  चार महिना पछि भएको नगरसभाले  नीति तथा कार्यक्रम र बजेट पास गरेको भएता पनि त्यसको प्रमाणीकरणको अभावमा हात्ती आयो हात्ती फूस्सा भने जस्तै भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.