logo

नेकपा प्रचण्ड–माधव समूहको क्षेत्रीय भेला र नगर स्तरीय संघर्ष समिति गठन 

      1/16/2021 गते 00 00 मा प्रकाशित     1036   पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको विभिन्न स्थानमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको छ । पर्साको क्षेत्र नम्बर १ को परवानीपुरमा, क्षेत्र नम्बर २ को भेला सुगौलीमा सम्पन्न भएको छ । त्यस्तै पर्साको पोखरिया नगरपालिकामा पनि १५१ सदस्यीय प्रतिगमन विरुद्धको संघर्ष समिति गठन गरिएको छ ।

पर्साको क्षेत्र नम्बर १ को क्षेत्रीय भेलामा नेकपा प्रदेश कमिटि सदस्यहरु बालगोपाल थापा, संविधानसभा सदस्य विचारी यादव, नगर अध्यक्ष रहबर अन्सारी, जिल्ला सदस्यहरु गजाधर पटेल, प्रभु यादव, कमल बहादुर पिठाकोटे मगर, सुदीप लामा, नन्दकिशोर पञ्जियार, शम्भु गुप्ता, व्यास यादव, सुशील सिंह ठकुरी, वडा अध्यक्ष प्रद्युमन सेंढाई, पारस यादव, अमानत अन्सारी, अनेरास्ववियु केन्द्रीय सदस्य जुबैर आलम, युवा संघका महानगर अध्यक्ष उमेश ठाकुर लगायत जिल्ला तहका नेता र क्षेत्र नम्बर १ का सबै टोलका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

त्यस्तै पर्साको क्षेत्र नम्बर २ को सुगौलीमा भएको भेलामा नेकपा केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साह, प्रदेश कमिटि सदस्य बाबुराम कौशिक, जिल्ला सदस्य मनोज चौधरी, धन बहादुर श्रेष्ठ, ओमप्रकाश गुप्ता लगायत रहेका थिए । उस्मान अन्सारीको अध्यक्षतमा भएको कार्यक्रमको संचालन नेकपा जिल्ला सदस्य  प्रभाकर गुप्ताले गर्नुभएको थियो ।

पोखरियामा नगर स्तरीय संघर्ष समिति गठन 


पर्साको पोखरिया नगरपालिकामा १५१ सदस्यीय संघर्ष समिति गठन गरेको छ । नेकपा पोखरिया नगर कमिटिका सचिव पन्नालाल कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा पर्सा जिल्ला सचिव विजय महतो, विशिष्ट अतिथि नेकपा प्रदेश कमिटि सदस्य रामबाबु बैठा, जिल्ला सदस्यहरु रामबचत महतो, निरञ्जन चौधरी, सञ्जीव चौधरी लगायतको उपस्थिति रहेको थियो । भेलाले पोखरिया नगरपालिकाको सबै वडामा भेलाको आयोजना गरेर संघर्ष समिति समेत गठन गर्ने निर्णय गरेको प्रदेश कमिटि सदस्य रामबाबु बैठाले जानकारी दिनुभयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.