logo

रबिलाइ फेरि म्याद थपे अनशन बस्ने रास्वपा पर्साको चेतावनी

 इसीमाना सम्बाददाता     २०८१ कार्तिक २८ गते ०७: २९ मा प्रकाशित     491   पटक पढिएको

बीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले प्रधानमन्त्री के.पी.ओलीलाई अनशन बस्ने चेतावनी सहित बुधवार ज्ञापन पत्र पठाएको छ । ज्ञापन पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत पठाएको हो ।

 

 पार्टीले, अध्यक्ष लामिछाने पक्राउको बिरोध प्रर्दशन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएको हो ।

 

आफना अध्यक्ष रबी लामिछानेलाई सरकारले पुनः म्याद थपेर हिरासतमा राख्ने प्रपंच गरे आफुहरु अनशनमा बस्ने पार्टीका पर्साका सभापति हरि पन्तले बताए । 


पार्टीले अध्यक्ष लामिछाने पक्राउको बिरोध प्रर्दशन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएको हो ।


 रास्वपाका पर्सा जिल्ला सभापति हरि पन्तको नेतृत्वमा निस्केको जुलुसमा सान्केतिक रुपमा  रबि लामिछानेलाई निर्दोश हुँदा हुँदै पनि हत्कडी लगाएको प्रतीक बनाएर बजार परिक्रमा गरिएको थियो ।

 

  साथै  प्रधानमन्त्री केपी ओली र नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाको फोटोको  समेत मुखुण्डो बनाएर हिड्न लाग्दा प्रहरीले हस्तक्षेप गरेपछि प्रर्दशनकारी र प्रहरीवीच  घम्सा घम्सी भएको थियो ।  

 

जुलुस नगर परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएर घण्टा घरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

 

कोणसभामा रास्वपाका केन्द्रिय सदस्य डा. नन्दन यादब ,  प्रदेश सदस्य पुर्षोतम उपाध्याय , क्षेत्रीय सभापतिहरु जितेन्द्र मिश्र ,फैयाद मिया ,पालिका सभापती चन्दन गुप्ता लगायतले मन्तव्य  ब्यक्त गरेका थिए।  

 

जुलुस र कार्यक्रममा अत्यन्तै उत्साह जनक उपस्तिथि रहेको र रबि लामिछाने अझ पनि हिरासतमा  राखी रहे अब देश रबिमय र रास्वपामय बन्ने जिल्ला सभापति हरि पन्तले बताए ।

 

उनले भने अब देश र जनताले  रबि निर्दोष भएको छर्लङ्ग बुझी सकेकोले नै जनता रबिको पक्षमा उर्लिएको बताए ।

 

कार्यक्रममा पुर्ब सभापति दिलिप कुर्मी , उपसन्योजक तुलशा अधिकारी ,प्रदेश सदस्य सुदिश प्रजापति ,सब्बु कंडेल शिक्षा बिभागका सोनालाल पटेल , पालिका सभापतिहरु माधब बस्नेत , उमेश गुप्ता ,प्रदिप पटेल र पुर्ण सापकोटा लगायतको उपस्थित रहेको थियो भने कोणसभाको सहजीकरण संगठन बिभाग उपप्रमुख प्रमोद रायमाझीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.