इसीमाना सम्बाददाता
२०८१ कार्तिक २९ गते ०७: ०९ मा प्रकाशित
414 पटक पढिएको
जनकपुरधाम । बिगत लामो सहम देखी दैनीक जुलुश तथा नारावाजीको नियती भोग्दै आएको धनुषाको नगराईन नगरपालिका बिहिबार देखी संचालनमा आएको छ ।
बिगत पाँच महिना देखी नगरपालिकाको काम दैनीक हुदै आएको थियो । नगरपालिका प्रमुख विनयकुमार यादव तथा उपप्रमुख राधादेवी यादवबीच भएको दुईबुँदे सहमति भएपछि कार्यालय संचालनमा आएको हो ।
नगराइन नगरपालिका प्रमुख तथा उपप्रमुखबीचको विवादका कारणले लामो समयदेखि सो नगरपालिकाको प्रशासन, लेखा, शिक्षा, कृषिलगायत विकासका अन्य काम ठप्पभएको थियो
नगरपालिकामा उत्पन्न विवाद समाधान गर्न बुधबार सर्वदलीय बैठक बसैको थियो । उक्त बैठकमा दुई बुँदे सहमति भएपछि कार्यालय नियमितरुपमा सञ्चालनमा आएको उपप्रमुख यादवले जानकरी दिए ।
बैठकमा स्थानीय तह सरकार सञ्चालनसम्बन्धी ऐन २०७४ अनुसार नगरपालिका सञ्चालन गर्ने र आगामी मङ्सिर ५ गते बुधवार नगरसभा गर्नेगरी सहमति भएको थियो ।
बैठकमा नगरप्रमुख यादवले स्थानीय सरकार सञ्चालन ऐन, २०७६ खारेज गरी स्थानीय तह सरकार सञ्चालनसम्बन्धी ऐन २०७४ लागू गर्ने प्रतिबद्धता जनाएसँगै एमालेबाट निर्वाचित जनप्रतिनीधिले गरेको आन्दोलन समाप्त भएको उपप्रमुख यादवले बताइन ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
बीरगंज । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।
सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
तपाईको प्रतिक्रिया