logo

प्रचण्ड र माधवको पदप्रतिको लालसाले पार्टीमा समस्या आयोः अध्यक्ष हजरा

      1/23/2021 गते 00 00 मा प्रकाशित     1000   पटक पढिएको

ठोरी गाउँपालिकामा नेकपाको कार्यकर्ता भेला सम्पन्न भएको छ । गाउँपालिका कमिटीका सचिव गोविन्द प्रताप श्रेष्ठको अध्यक्षतमा भएको भेलामा नेताहरुले बर्तमान राजनीतिक अवस्थाका बारेमा चर्चा गरेका थिए । 


कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवं पर्साका अध्यक्ष प्रभू हजराले प्रचण्ड र माधव नेपालको पद र शक्ति प्रतिको लालशाका कारण पार्टी संकटमा परेको बताउनु भयो । 


उहाँले प्रधानमंत्रीलाई आफनै पार्टीबाट हटाउने प्रतिगामी षडयन्त्रलाई निस्तेज पार्न संसद बिघठन गर्नु परेको बताउनु भयो । तत्कालीन कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक बिधानको प्रवन्धको बर्खिलाप हुने गरि पार्टीमा १८ पेजको आरोप पत्र दर्ज गरेर पार्टी एकतालाई बिराम लगाएको आरोप समेत लगाउनु भयो । 


कार्यक्रममा केन्द्रीय सदस्य निर्मला देवकोटाले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सफल बनाउन प्रधानमन्त्री केपी ओलीले संसद विघटनको निर्णय गरेर देश बर्बाद पार्ने षडयन्त्र बिफल बनाई दिएको बताउनु भयो ।

 

उहाँले प्रधानमंत्री ओलीको नेतृत्वमा नै मजवुत राष्ट्रीयताको जग बस्ने र नेपाली जनताले शान्ति र समृद्धि हासील गर्ने बताउनु भयो । 

वक्ताहरुले ठोरी गाउँपालिकाले नागरिकलाई दिने सेवा प्रभावकारी पारदर्शी नभएको बताउनु भयो । उहाँहरुले गाउँपालिका नेतृत्वले  अनुत्पादक क्षेत्रमा राज्यको श्रोत लगाएको आरोप लगाए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु डा. बिश्वम्भर शर्मा ,जयप्रकाश थारु ,पर्सा जिल्ला समन्वय समितिका उपाध्यक्ष ठाकुर नेउपाने,साबिक निर्मलबस्ती गाबिस अध्यक्ष लाल बहादुर श्रेष्ठ, साबिक ठोरी गाबिस अध्यक्ष उद्धव सापकोटा,  अनेरास्ववियु ठोरी अध्यक्ष मोनिका घतानी जिल्ला सदस्य अप्सरा तामाङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गोकुली रेग्मीले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.