logo

युवा विद्यार्थीमा देश परिवर्तन गर्ने क्षमता भएकोले कुलतबाट बचाउनु पर्छः गृह तथा संचार मन्त्री लेखी

 इसीमाना सम्वाददाता     २०८१ मंसिर १ गते ०७: ३२ मा प्रकाशित     539   पटक पढिएको

राजविराज । मधेश प्रदेशका गृह,सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले युवा विद्यार्थीमा देश परिवर्तन गर्ने क्षमता भएकोले यसको उपयोग गर्न  कुलतबाट बच्नु पर्ने बताएका छन । 


मधेश प्रदेशका गृह,सञ्चार तथा कानून मन्त्रालय जनकपुरधामद्वारा सप्तरीको कञ्चनपुरमा शनिबार आयोजित सुरक्षा र विपद सम्बन्धि सम्बन्धि सचेतना तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले कुलतमुक्त समाज निर्माणको वतावरण बनाउन समाजमा सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।


उनले भने युवा बिद्यार्थी मुलुकको भबिष्य हुन उनीहरुलाई सकारात्मक दिशामा अग्रसर गराउन आबश्यक छ ,

 मन्त्री लेखीले सरकार सचेतना मुलक कार्यक्रमलाई निरन्तर गर्दै जाने बताए ।  सभ्य समाज निर्माणका लागि लागूऔषध र कुलतको जोखिमबाट हुने अपराध न्यूनीकरण गर्नु अति जरुरी छ मन्त्री लेखीले भने युवा विद्यार्थी भनेको देशको भविष्य हो, उनीहरूको सोचलाई सकारात्मक बनाउनु पर्छ।’


उनले विभिन्न क्षेत्रका विज्ञहरुद्वारा गरिएको प्रस्तुतिकरणले सबै प्रकारको जोखिमलाई न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
कार्यक्रममा मधेस प्रदेशका नीति आयोगकी सदस्य डा. शिला मिश्रले साँस्कृतिक संरक्षण र दाइजो ,आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले लागूऔषध, हिंसा, मानसिक समस्या दाइजोलगायतका सचेतना एवम् संदेश मुलक भिडिओ प्रदर्शन, सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले लागूऔषध दुर्व्यवसनी र साइबर क्राइमबाट आउने समस्या र कानूनी सजाय, नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष राजेश कुमार कर्णले युवा  सञ्चार र सामाजिक सञ्जाल, सशस्त्र प्रहरी बल २ नम्बर छिन्नमस्ता बाहिनीका सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन ओलीले विपद व्यवस्थापन र क्षमता व्यवस्थापन र प्रदेश ट्राफिक प्रहरी कार्यालय पतलैयाका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक भिम किरण बोगटीले ट्राफिक अपराध र कानून व्यवस्था, डा. सुरेश चौधरीले,विपद समस्या र चुनौती, डा. दिपक गुप्ताले सूचना प्रविधिको विकास र युवा विद्यार्थी बारे आ आफ्नो प्रस्तुतिकरण राखेका थिए । 

May be an image of one or more people, people studying and crowd
कार्यक्रममा सप्तकोसी नगरपालिकाका प्रमुख कृष्णाप्रसाद ढकाल,  गृह, सञ्चर तथा कानून मन्त्रा लयमा सचिव उद्धव प्रसाद रिजाल, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, राष्ट्रिय अनुसन्धान आयोग सप्तरीका प्रमुख अनुसन्धान उप निर्देशक सुरेन्द्र कोइराला लगायतका स्थानीय जनप्रतिनिधि, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत रहेका विभिन्न क्याम्पसका प्राध्यापक, शिक्षक, विद्यार्थी तथा कक्षा ११ र १२ मा अध्यनरत ७ सयबढी छात्रछात्राहरुको सहभागीता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.