logo

नागढुंगा–मुग्लीन सडकमा जनतालई सास्ती, सरकारको ध्यानाकर्षण

 इसीमाना सम्वाददाता     २०८१ मंसिर १७ गते ०८: ५५ मा प्रकाशित     427   पटक पढिएको

 काठमाडौं । नागढुङ्गा–मुग्लीनसडक खण्डको अस्तव्यस्तताले जनतालाई सास्ति भएको भन्दै पहिला देश ९नेसन फर्सट०ले सरकारको ध्यानकर्षण गराएको छ ।

 

 सोमबार राजधानीको संवाद डबलीमा नेसन फर्सटले पत्रकार सम्मेलनको आयोजना गरी मंसिर २१ र २२ गते जनसंवाद तथा सद्भावना यात्रा गर्ने जानकारी दिएको छ । सो सडक खण्डको निर्माण कार्यलाई समयमा काम नगरी जनतालाई सास्ति दिएको नेसन फर्सट अभियानका संयोजक डा.नन्द प्रसाद कप्रीले बताएका छन् ।

 कप्रील काम सुरु भएको ३ वर्ष वितिसक्दा पनि २५ प्रतिशत पनि काम नसकेकोले सरकारलाई ध्यानकर्षण गराउँदै आफूहरुले जनचेतनामुलक अभियान थालेको बताएका छन् ।

 

आफूहरुले अनुगमन र निरिक्षण गर्दा सडकमा चलेको मनपरीले अस्तव्यस्त बनाएकोप्रति चिन्ता व्यक्त गर्दै डा.कप्रीले भने,“सरकार भाषण र सपनाका पुन्तर बाँढ्न व्यस्त छ, तर जनताको पीडा र दर्दमा ध्यान दिइरहेको छैन् ।

 

” अधिवक्ता स्वागत नेपालले सरकारले मुग्लीन–नागढुंगा सडक खण्डको बेहाल आवस्थालाई समयमै ठिक पार्ने अभियान चलाउने संस्थालाई धन्यबाद दिदै भने,“यहाँहरुले नितान्त नयाँ अभियान चलाउनुभयो, खुसि लाग्यो यसमा मेरो पनि साथ छ ।

 

” नेपालले विदेशबाट आउने अनुदानलाई देश र जनताको वृत्ति र विकासमा लाउनुको सट्टा सत्ता टिकाउन प्रयोग गरिरहेको आरोपसमेत लगाएका छन् ।

 

लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवालीले वित्तिय शोषण व्यापक भएको बताएका छन् ।

 

 ज्ञवालीले पुनर्निमाण प्राधिकरण र ठेक्का पट्टामा ५० प्रतिशत रकम भ्रष्टाचार हुने गरेको बताउँदै भने,“हामीसँग प्राधिकरणको भ्रष्टाचारको फाईल छ, ठेक्का पट्टामा झोले तथा पेटी ठेकेदारहरु तयार गरी चरमरुपमा देश लटिरहेका छन् ।

 

” सो अभियानका सहसंयोजक एस पी शाहले समयमै निर्माण कार्यलाई सम्पन्न गराउन दबाब दिन मंसिर २१ र २२ गते जनसंवाद एवं सद्भावना यात्रा गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

 

 इन्जिनियर कविल विक्रम शाहीले देशको भौतिक विकासका हरेक कार्यलाई अर्थोपार्जनको विषयमा केन्द्रीत गरिनुको परिणाम सो सडक खण्डमा समस्या आएको बताए ।

 

 अभियानका उपसंयोजक सुनिता पाख्रिन, विषणुप्रसाद ओझालगायत उपस्थित सो कार्यक्रमलाई सचिव नारायणहरि तिवारीले सञ्चलन गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.