logo

प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीको पद पाउन नसक्ने ,अवको लडाई अस्थिरता र भ्रष्टाचारको बिरुद्धः  मंत्री साह

      2/26/2021 गते 00 00 मा प्रकाशित     1059   पटक पढिएको

 नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्रीको पद पाउन जति मरिहत्ते गरे पनि प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीको पद पाउन नसक्ने बताउनु भएको छ  ।


शुक्रवार पर्साको छिपहरमाई गाउँपालिकामा पार्टीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहनु भएका मन्त्री साहले जति षड्यन्त्र र छलछाम गरेपनि प्रचण्ड(माधवको प्रधानमन्त्री बन्ने सपना साकार नहुने बताउनु भएको हो । जनताले झण्डै दुईतिहाई बहुमतसहित देशकै ठूलो पार्टी बनाएको भएपनि प्रचण्ड र माधव नेपालले पार्टी ध्वस्त बनाएको बताउदै मन्त्री साहले माधव प्रचण्ड आफैले खनेको खाल्डोमा फस्ने जीकिर गर्नु भयो । 

संसद पुनर्स्थापना पछि प्रचण्ड र माधव नेपाल सांसद किनबेच गरेर गणीतिय फोहोरी खेलमार्फत प्रधानमन्त्री बन्ने सपना देखिरहेको तर पूरा नहुने मन्त्री साहको भनाई छ । सत्ता हत्याउन प्रचण्ड र माधव नेपालले रोपेको अस्थिरताको काँडाले उनीहरुलाई घोच्ने  मन्त्री साहले बताउनु भयो  ।

संसद पुनर्स्थापना पछि प्रचण्ड माधवहरु प्रधानमन्त्री पदको सपना देख्न थालेका छन् उहाँले भन्नु भयो“ हुन पनि किन नहोस्, यसैको लागि त आफनै पार्टीको सरकार बिरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र दुई तिहाई कम्युनिष्ट जनमतलाई टुक्राउने काम गरेका थिए ।”   जति छटपटाए पनि, जति गिडगिडाए पनि माधव प्रचण्डहरुले प्रधानमन्त्री पद पाउन सक्दैनन् । किन कि अरुका लागि खाल्डा खन्नेहरू त्यसमा आफै पर्ने गर्छन् । तपाई हेर्न सक्नुहुन्छ आज उहाँहरूलाई कसैले बिश्वास गरि रहेछैन मंत्री साहले भन्नु भयो ।


नयाँ सरकार निर्माणका लागि गणीतिय फोहोरी खेलको सुरुवात भएको छ । माधव प्रचण्डहरुले अहिले सांसद किनबेच र अस्थिर सरकार बनाउने फोहोरी खेल खेल्ने अवसर पाएकोमा  उत्सव मनाइरहेका छन् । तर उनीहरूले रोपेको काँडाले उनीहरुलाई नै घोच्ने छ ।ू मन्त्री साहले थप्नु भयो ू जनताले झण्डै दुई तिहाई बहुमतसहित नेकपालाई ठूलो पार्टी बनायो । तर सत्ताको लोभमा पार्टीलाई ध्वस्त बनाइदिएको । भनिन्छ, अरुका लागि खाल्डा खन्यो भने आफै फस्नुपर्छ । ठिक त्यस्तै हालत माधव र प्रचण्डहरुको भएको छ ।ू
उहाँले अवको लडाई अस्थिरता र भ्रष्टाचार बिरुद्ध रहेको बताउदै मंत्री साहले नपाली जनताको सम्बृद्धि र सुखी नेपालीको आकंक्षालाइृ पुरा गर्न कम्युनिष्ट पार्टीले मात्र सक्ने बताउनु भयो । उहाँले प्रधानमंत्री के.पी ओालीको नेतृत्वमा नेपाललाई बिदेशीहरुको खेल्ने अखाडा बन्नबाट रोक्न सकिएकोले देशी बिदेशी षडयन्त्रका कारण अस्थिरताको खेल शुरु भएको बताउनु भयो । 

कार्यक्रममा प्रदेश सभा सदस्यद्वय  महम्मद समीर, नेकपा पर्साका अध्यक्ष प्रभू हजरा,संविधानसभा सदस्य राजकुमार गुप्ता, जय प्रकाश थारु। प्रदुम्न चौहान ,फूलझरी देवी ,, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता,  डा. विशम्भर शर्मा, बलिराम साहलगायतका जनप्रतिनिधि एवम् नेताहरुको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.