logo

प्रेस सेन्टर नेपाल पर्साको अध्यक्षमा यादव सर्वसम्मत

 इसीमाना सम्वाददाता     २०८१ पौष १९ गते ०९: ३४ मा प्रकाशित     397   पटक पढिएको

वीरगञ्ज । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल पर्साको अध्यक्षमा शिवनाथ यादव सर्वसम्मत चयन भएका छन् ।

शुक्रवार वीरगञ्जमा सम्पन्न प्रेस सेन्टर पर्साको छैटौँ अधिवेशनले यादवको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

सेन्टरको उपाध्यक्षमा कृष्ण मोहन साह, महिला उपाध्यक्ष समिना रञ्जितकार, सचिवमा अजित कुमार भुजेल, सहसचिवमा विदुर गौतम, समावेशी सहसचिवमा रञ्जित यादव र कोषाध्यक्षमा सञ्जित गुप्ता रहेका छन् ।

May be an image of 8 people and text

यसैगरी सदस्यमा रितेन्द्र झा, माधव तिमल्सिना, बलिराम यादव, प्रणय साह, दीपेन्द्र प्रसाद, आनन्द साह, मेघराज थारु, विशाल पटेल, सन्जोग गिरी, सन्तोष कुशवाहा लगायतका रहेका छन् ।

प्रेस सेन्टर पर्साका अध्यक्ष दीपक गौतमको अध्यक्षता तथा सेन्टरका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश इन्चार्ज गोविन्द देवकोटाको प्रमुख आतिथ्ययतामा भएको अधिवेशनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछाने, केन्द्रीय सदस्य राजु बिश्वकर्मा,मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा,निर्वतमान केन्द्रीय सचिव दीेपेन्द्र चौहान नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिजय महतो सेन्टरका केन्द्रीय नीरज पिठाकोटे मगर, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतले अधिवेशन सफलताकोलागि शुभकामना ब्यक्त गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.