logo

श्रमीक महिला दिवसको अवसरमा उद्यमी महिलाहरुको यात्रा र अवसरका बिषयमा छलफल सम्पन्न

      3/8/2021 गते 00 00 मा प्रकाशित     925   पटक पढिएको

१११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा “महिला उद्यमीको यात्रा – चुनौती र अवसर” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सोमबार वीरगञ्जस्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित अन्तरक्रियामा बीरगंज क्षेत्रका अग्रणी महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।

 

अन्तरक्रियामा सहभागि महिला उद्यमीहरुले पुरुषहरुको सफलता पछाडी महिलाहरुको हात भएझैँ महिलाहरुको सफलता पछाडी पनि पुरुषहरुको हात रहेको बताएका थिए । उद्ययमशिलताको सुरुवातदेखि हालसम्म परिवारको साथ र सहयोग रहेका कारण आफुहरु यस मुकामसम्म पुगेको कार्यक्रममा सहभागि उद्यमीहरुले जिकिर गरे ।

 

उद्यमी बन्नका लागि उद्यमीकै छोरा–छोरी हुनुपर्छ भन्ने अवस्थाको अन्त्य भएको भन्दै सहभागिहरुले कृषकका छोरा–छोरीहरु पनि सफल उद्यमीको रुपमा स्थापित भएको बताए ।

फरक कार्यको सुरुवात गर्दा साथ दिनेहरुको कमी भएको अनुभव साझा गर्दै उद्यमीहरुले कसैले साथ नदिएपनि आफ्नो लक्ष्य प्रति सदैव दृढ भएर लागिपर्न सुझाव दिएका थिए । सुरुमा रोजगार खोज्दै हिँडेका आफुहरु हाल रोजगारी सृजना गरिरहेको भन्दै हर्ष व्यक्त गरे । वर्षको ३६५ दिनमा एक दिन मात्र महिलाहरुको सम्मान गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने सहभागिहरुले सुझाव दिएका थिए ।

एनवाईईएफ वीरगञ्ज अध्यायका अध्यक्ष अनुप अग्रवालको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य तथा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष  गोपाल केडियाले महिला उद्यमीहरुको विकास र प्रवर्द्धनका लागि संघले हरेक सम्भव सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो  ।

 

उहाँले उद्योग वाणिज्य संघले पछिल्लो समय ग्रामिण भेगका महिलाहरुको शिप विकास र रोजगारीका लागि विभिन्न किसिमको शिपमुलक तालिमहरुको आयोजना गर्दै आएको जानकारी समेत गराउनु भयो ।

अन्तरक्रियामा डेसिमल कलेजकी निर्देशक डा.सुष्मा तिवारी द्विवेदी, मित्रो क्याफेकी सञ्चालक शिल्पा अग्रवाल, नेशनल ईन्फोटेक कलेजकी निर्देशक काजल सिंह, एएनजेड बुटीककी सञ्चालक नुतन सरावगी, दि मोबाईल जोन तथा कलेज फोर म्यानेजमेन्टकी निर्देशक पवन दीप कौर, श्रीराम अस्पतालकी निर्देशक डा. प्रिती यादव, वीरगञ्ज हार्ट एण्ड सुपरस्पेश्यालिटी सेन्टरकी डा। मधु रौनियार, सन्तरा क्लिनीककी डा. क्रिती अग्रवाल, फेमानईन ब्युटी पार्लरकी सञ्चालन गुड्डी जोशीलगायतकाले उद्यमशिलता आफ्नो अनुभव साझा गरेका थिए ।

कार्यक्रममा एनवाईईएफका कार्यसमिति सदस्य विश्व प्रताप साहले स्वागत मन्तव्य , धन्यवाद ज्ञापन कार्यसमिति सदस्य पंकज अग्रवालले र संचालन आशु सर्राफले तथा विमला गुप्ताले गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.